काठमाडौं । १४औं संस्करणको साफ च्याम्पियनसिपमा नेपाल कठिन समूहमा परेको छ । दक्षिण एसियाली फुटबल महासंघ साफको आयोजनामा हुने साफ च्याम्पियनसिपको लागि बुधबार भारतको बंगलोरमा ड्र गरिएको हो ।जसमा नेपाल समूह ए मा परेको छ । यस समूहमा घरेलु टोली भारत, कुवेत र पाकिस्तान छन् ।
साफ सदस्य देशको स्तर बढाउने भन्दै साफले पहिलो पटक दक्षिण एसिया बाहिरका टोलीलाई पनि खेलाउने निर्णय गरेको थियो ।फिफा निलम्बनमा रहेको श्रीलंका यस पटक साफमा सहभागी हुने छैन । नेपालले अहिलेसम्म साफ च्याम्पियनसिप जित्न सकेको छैन ।२०२१ मा माल्दिभ्समा भएको १३औं संस्करणमा फाइनल पुग्नु नै नेपालको अहिलेसम्मको ठूलो उपलब्धि हो ।