LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

काठमाडौं । १४औं संस्करणको साफ च्याम्पियनसिपमा नेपाल कठिन समूहमा परेको छ । दक्षिण एसियाली फुटबल महासंघ साफको आयोजनामा हुने साफ च्याम्पियनसिपको लागि बुधबार भारतको बंगलोरमा ड्र गरिएको हो ।जसमा नेपाल समूह ए मा परेको छ । यस समूहमा घरेलु टोली भारत, कुवेत र पाकिस्तान छन् ।

पछिल्लो पटक माल्दिभ्समा भएको साफको फाइनलमा नेपाल भारतसँग पराजित हुँदै उपविजेता बनेको थियो ।कुवेतसँग नेपालले पछिल्लो पटक खेल्दै आए पनि जित्न सकेको छैन ।यस्तै अर्को समूहमा लेवनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।यसपटक दक्षिण एसिया बाहिरका दुई टिम लेवनान र कुवेत आमन्त्रित टिमको रुपमा सहभागी हुँदैछ ।

साफ सदस्य देशको स्तर बढाउने भन्दै साफले पहिलो पटक दक्षिण एसिया बाहिरका टोलीलाई पनि खेलाउने निर्णय गरेको थियो ।फिफा निलम्बनमा रहेको श्रीलंका यस पटक साफमा सहभागी हुने छैन । नेपालले अहिलेसम्म साफ च्याम्पियनसिप जित्न सकेको छैन ।२०२१ मा माल्दिभ्समा भएको १३औं संस्करणमा फाइनल पुग्नु नै नेपालको अहिलेसम्मको ठूलो उपलब्धि हो ।

सम्बन्धित खबर