LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम । धनुषा प्रहरीले विभिन्न चोरीका घटनामा पक्राउ गरिएका २७ जनालाई एकैदिन सार्वजनिक गरेको छ ।
जनकपुरधाम बजारसहित ग्रामिण क्षेत्रका चोरीको घटनामा वृद्धि भएपछि प्रहरीले विभिन्न मितिमा चोरीको आरोपमा पक्राउ परेकाहरुलाई बुधवार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमाथि खानेपानीको कल चोरीदेखि मोटरसाइकल तथा गरगहना चोरीको आरोप छ ।
चोरीको आरोपमा बलिराम मण्डल, शुशिल पंजियार, सुनिल मुखिया, मुकेश साह, दिवेन्द्र मण्डल, रितेश गुप्ता, रंजित दास, नविन कुमार यादव, सोनु कुमार सहनी, राज कुमार यादव, संजिव राम, ईन्दल राम, नारायण साह, साजन मुखिया, सलमान मंसुर, ऐलुन खान, गुड्डु महतो र राम प्रवेश महतो रहेका छन् । त्यसैगरि, मुकेश गुप्ता, मणि शंकर यादव, सौरव यादव, राम गणेश साह, अजय मण्डल, कुन्दन गुप्ता, बिमलेश कुमार महासेठ, उमेश दास र शुभम कुमार साहलाई प्रहरीले चोरी घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले लागूऔषध सेवनकर्ता, रोजगारीको कमी, हाईफाई लाईफ र खर्चिलो तथा भडकिलो जीवन शैली, महंगा गाडी, मोटरसाइकल, ब्राण्डेड समान लगाउने लोभमा सजिलो अर्थोआर्जनको माध्यम बनाएर साथी संगतको कुलतका कारण उनीहरुले चोरी गर्नेगरेको बताए ।
घरमा घरधनी नरहेको तथा सिसिटिभीको निगरानीबाट टाढा रहेको घरहरुलाई चोरहरुले टार्गेट गर्ने गरेको उनले बताए ।

सम्बन्धित खबर