काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले अर्को महिना जिम्बावेमा हुने क्रिकेट विश्वकप छनोटको लागि मंगलबार समूह विभाजन र खेल तालिका सार्वजनिक गर्दै वार्म अप म्याचको तालिका पनि सार्वजनिक गरेको छ ।जसमा हरेक टिमले दुई-दुई वार्म अप म्याच खेल्ने तालिका छ । तर एसोसिएट राष्ट्रहमध्ये नेपालले मात्र टेष्ट राष्ट्रसँग वार्म अप खेल्न नपाउने भएको छ ।
पाठकले अझै समय रहेकोले वार्म अप म्याचको खेलतालिकाबारे पुनर्विचार गर्न आग्रह गरेको बताए । नेपालले जुन १३ मा युएई र जुन १५ मा ओमानसँग वार्म अफ म्याच खेल्ने तालिका छ ।
एसोसिएट राष्ट्रमध्ये नेदरल्याण्ड्स, स्कटल्याण्ड र अमेरिकाले दुई वटै वार्म अप म्याच टेष्ट राष्ट्रसँग खेल्ने तालिका छ । नेपालसँग एउटा-एउटा वार्म अप म्याच खेल्ने युएई र ओमानले टेष्ट राष्ट्रसँग समान एक वार्म अफ म्याच खेल्नेछन् ।
जुन १८ देखि जुलाई जुलाई ९ सम्म जिम्बावेको हरारे र बुलायोमा हुने विश्वकप छनोटमा चार टेष्ट राष्ट्र र ६ एसोसिएट गरी कूल १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।
विश्वकप छनोटमा नेपाल : समूह चरणमा टेष्ट राष्ट्रसँग खेल्ने, वार्मअप म्याच एशोसिएट टिमसँग
नेपाल रहेको समूह एमा पूर्व विश्व विजेता वेष्ट इन्डिज, घरेलु टोली जिम्बावेसहित नेदरल्याण्ड्स र अमेरिका छन् । यस समूहको खेल हरारेमा हुनेछ । नेपालले जुन १८ मा घरेलु टोली जिम्बावेसँग पहिलो खेल हरारे स्पोर्ट्स क्लबमा खेल्नेछ ।