LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले अर्को महिना जिम्बावेमा हुने क्रिकेट विश्वकप छनोटको लागि मंगलबार समूह विभाजन र खेल तालिका सार्वजनिक गर्दै वार्म अप म्याचको तालिका पनि सार्वजनिक गरेको छ ।जसमा हरेक टिमले दुई-दुई वार्म अप म्याच खेल्ने तालिका छ । तर एसोसिएट राष्ट्रहमध्ये नेपालले मात्र टेष्ट राष्ट्रसँग वार्म अप खेल्न नपाउने भएको छ ।

नेपाल बाहेक अन्य पाँच राष्ट्रले टेष्ट राष्ट्रसँग वार्म अप म्याच खेल्ने तालिका हुँदा नेपालले भने एसोसिएट राष्ट्र ओमान र यूएइसँग मात्र वार्म अप म्याच खेल्ने तालिका छ ।त्यसैले टेष्ट राष्ट्रसँग नेपालको वार्म अफ म्याच नराखिएको भन्दै नेपाल क्रिकेट संघ क्यानले आईसीसीलाई ध्यानाकर्षण गराएको छ ।
खेलतालिका सार्वजनिक भएपछि हेर्दा नेपालको मात्र टेष्ट राष्ट्रसँग वार्म अप म्याच राखिएको छैन । यो असमान व्यवहार भयो जस्तो लाग्यो । नेपालले पनि कम्तीमा एक टेष्ट राष्ट्रसँग वार्म अप म्याच खेल्न पाउनुपर्छ भन्ने हाम्रो भनाइ हो । हामीले मंगलबारै आईसीसीलाई यसबारे इमेल लेखेर जानकारी गराइसकेका छौँ । जवाफ आएको छैन’, क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले भने ।

पाठकले अझै समय रहेकोले वार्म अप म्याचको खेलतालिकाबारे पुनर्विचार गर्न आग्रह गरेको बताए । नेपालले जुन १३ मा युएई र जुन १५ मा ओमानसँग वार्म अफ म्याच खेल्ने तालिका छ ।

एसोसिएट राष्ट्रमध्ये नेदरल्याण्ड्स, स्कटल्याण्ड र अमेरिकाले दुई वटै वार्म अप म्याच टेष्ट राष्ट्रसँग खेल्ने तालिका छ । नेपालसँग एउटा-एउटा वार्म अप म्याच खेल्ने युएई र ओमानले टेष्ट राष्ट्रसँग समान एक वार्म अफ म्याच खेल्नेछन् ।

जुन १८ देखि जुलाई जुलाई ९ सम्म जिम्बावेको हरारे र बुलायोमा हुने विश्वकप छनोटमा चार टेष्ट राष्ट्र र ६ एसोसिएट गरी कूल १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

यो पनि पढ्नुहोस

विश्वकप छनोटमा नेपाल : समूह चरणमा टेष्ट राष्ट्रसँग खेल्ने, वार्मअप म्याच एशोसिएट टिमसँग

नेपाल रहेको समूह एमा पूर्व विश्व विजेता वेष्ट इन्डिज, घरेलु टोली जिम्बावेसहित नेदरल्याण्ड्स र अमेरिका छन् । यस समूहको खेल हरारेमा हुनेछ । नेपालले जुन १८ मा घरेलु टोली जिम्बावेसँग पहिलो खेल हरारे स्पोर्ट्स क्लबमा खेल्नेछ ।

सम्बन्धित खबर