LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

काठमाडौं । उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरी भारत काठमाडौंमा जारी काभा वुमन्स च्यालेन्ज कप भलिबलको फाइनलमा पुगेको छ ।त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा उज्वेकिस्तानलाई भारतमाथि दवाव राख्न सकेन ।

पहिलो सेट २५–१७ ले जित्दा भारतले कुनै पनि समय अप्ठेरो महशुस गर्नुपरेन । १–१ को बराबरीपछि लगातार अग्रता बनाएको भारतले अन्तिमसम्म त्यसलाई कायम राखेको थियो ।दोस्रो सेटमा भने भारतीय टोली केहि आत्मविश्वासी बन्नुको फाइदा उज्वेकिस्तानले सुरुमै उठायो । भारतीय खेलाडीको कमजोर डिफेन्सको फाइदा उठाउँदै उज्वेकिस्तानले सुरुमै १०–६ को अग्रता बनाउन सफल रह्यो ।
तर, अनुभवले खारिएको भारतीय टिमले शानदार पुनरागमन गरी सेट १५–१५ को अवस्थामा ल्याउन सक्यो । त्यसपछि अग्रता बनाएको भारतले सेट २५–२० ले जितेको हो ।

अघिल्ला दुई सेटको तुलनामा भारतलाई निर्णायक तेस्रो सेट जित्न झनै सहज भयो । सेटमा सम्पूर्ण समय उज्वेकिस्तानलाई दवावमा राखेको उसले २५–१५ ले जितेर फाइनलमा स्थान बनायो ।भारतले उपाधिका लागि नेपाल र काजाकस्तानबीच खेलको विजेतासँग १४ जेठमा प्रतिस्पर्धा गर्नेछ ।नेपाल र काजाकस्तानबीचको दोस्रो सेमिफाइनल पाँच बजेदेखि सुरु हुनेछ ।नेपाल समूह ए को उपविजेता र भारत विजेताका रुपमा सेमिफाइनल पुगेका थिए । नेपालले समूहको सुरुवाती दुई खेलमा किर्गिस्तान र बंगलादेशलाई पराजित गरे पनि भारतसँग हारेको थियो ।काजाकस्तानलाई हराउन सके नेपालले भारतसँग यो प्रतियोगितामा दोस्रोपल्ट खेल्नेछ ।

सम्बन्धित खबर