LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

काठमाडौं । उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरी भारत काठमाडौंमा जारी काभा वुमन्स च्यालेन्ज कप भलिबलको फाइनलमा पुगेको छ ।त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा उज्वेकिस्तानलाई भारतमाथि दवाव राख्न सकेन ।

पहिलो सेट २५–१७ ले जित्दा भारतले कुनै पनि समय अप्ठेरो महशुस गर्नुपरेन । १–१ को बराबरीपछि लगातार अग्रता बनाएको भारतले अन्तिमसम्म त्यसलाई कायम राखेको थियो ।दोस्रो सेटमा भने भारतीय टोली केहि आत्मविश्वासी बन्नुको फाइदा उज्वेकिस्तानले सुरुमै उठायो । भारतीय खेलाडीको कमजोर डिफेन्सको फाइदा उठाउँदै उज्वेकिस्तानले सुरुमै १०–६ को अग्रता बनाउन सफल रह्यो ।
तर, अनुभवले खारिएको भारतीय टिमले शानदार पुनरागमन गरी सेट १५–१५ को अवस्थामा ल्याउन सक्यो । त्यसपछि अग्रता बनाएको भारतले सेट २५–२० ले जितेको हो ।

अघिल्ला दुई सेटको तुलनामा भारतलाई निर्णायक तेस्रो सेट जित्न झनै सहज भयो । सेटमा सम्पूर्ण समय उज्वेकिस्तानलाई दवावमा राखेको उसले २५–१५ ले जितेर फाइनलमा स्थान बनायो ।भारतले उपाधिका लागि नेपाल र काजाकस्तानबीच खेलको विजेतासँग १४ जेठमा प्रतिस्पर्धा गर्नेछ ।नेपाल र काजाकस्तानबीचको दोस्रो सेमिफाइनल पाँच बजेदेखि सुरु हुनेछ ।नेपाल समूह ए को उपविजेता र भारत विजेताका रुपमा सेमिफाइनल पुगेका थिए । नेपालले समूहको सुरुवाती दुई खेलमा किर्गिस्तान र बंगलादेशलाई पराजित गरे पनि भारतसँग हारेको थियो ।काजाकस्तानलाई हराउन सके नेपालले भारतसँग यो प्रतियोगितामा दोस्रोपल्ट खेल्नेछ ।

सम्बन्धित खबर