LIVE
गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ |

जनकपुरधाम,  ।जनकपुरधाममा सोमबारदेखि महेन्द्रनारायण निधि टी–२० क्रिकेट प्रतियोगिता हुन लागेको छ ।क्रिकेट संघ मधेस प्रदेशको आयोजनामा हुन लागेको टी–२० प्रतियोगितामा सातै प्रदेशको टिम सहभागी रहने आयोजकले जनाएको छ ।शनिबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै मधेस प्रदेश क्रिकेट संघका अध्यक्ष हिरा भगतले यस प्रतियोगितामा मधेस प्रदेशसहित सातै प्रदेशको टिम सहभागी हुने तथा जेठ २६ गतेसम्म प्रतियोगिता चल्ने जानकारी दिए ।प्रतियोगितामा प्रथम हुने टिमलाई ३ लाख र रनरअप हुने टिमका लागि २ लाखको पुरस्कार रहेको अध्यक्ष भगतले बताए ।प्रतियोगितामा ७० लाख खर्च हुने अनुमान गरिएकोमा मधेश सरकारले ४० लाख रुपैयाँ दिने अध्यक्ष भगतले बताए ।

सम्बन्धित खबर