
जनकपुरधाम, ।जनकपुरधाममा सोमबारदेखि महेन्द्रनारायण निधि टी–२० क्रिकेट प्रतियोगिता हुन लागेको छ ।क्रिकेट संघ मधेस प्रदेशको आयोजनामा हुन लागेको टी–२० प्रतियोगितामा सातै प्रदेशको टिम सहभागी रहने आयोजकले जनाएको छ ।शनिबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै मधेस प्रदेश क्रिकेट संघका अध्यक्ष हिरा भगतले यस प्रतियोगितामा मधेस प्रदेशसहित सातै प्रदेशको टिम सहभागी हुने तथा जेठ २६ गतेसम्म प्रतियोगिता चल्ने जानकारी दिए ।प्रतियोगितामा प्रथम हुने टिमलाई ३ लाख र रनरअप हुने टिमका लागि २ लाखको पुरस्कार रहेको अध्यक्ष भगतले बताए ।प्रतियोगितामा ७० लाख खर्च हुने अनुमान गरिएकोमा मधेश सरकारले ४० लाख रुपैयाँ दिने अध्यक्ष भगतले बताए ।