
जनकपुरधाम । जनकपुरधाम स्थित एक होटेलमा गुण्डाशैलीमा आएर ताल्चा लगाएको भन्दै धनुषा प्रहरीमा उजुरी दिएका छन् ।
जनकपुरधामको जनक चोक स्थित फिल इट होटेलमा ताल्चा लगाएको भन्दै स्थानीय व्यापारि धर्मेन्द्र साहमाथि उजुरी दिएका हुन् ।
गुण्डागर्दी शैलीमा आएर होटेलमै ताल्चा लगाएपछि जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दिएको होटल व्यवसायी भरत महासेठले बताए । उनले आफुमाथि रिइसवी साँध्नका धाकधम्कीसहित लुटपाट गर्ने मनसायले ताल्चा लगाएको धर्मेन्द्र साहमाथि आरोपसमेत गाए ।
उनले धनुषा प्रहरी कार्यालयमा आवश्यक कारवाही तथा जीउधनको शान्ति सुरक्षाको मागसमेत गरेका छन् ।
यता, घरपट्टीसमेत रहेका प्रकाशजंग राणा कामविशेषले मुलुक बाहिर रहेको मौका छोपी धर्मेन्द्र साहले आफ्नो घरमा गुण्डाशैलीमा ताल्चा लगाएको प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै उनका छोरा समिरजंग राणाले पत्रकार सम्मेलन गरि बताए ।
जनकपुरधाम उपमहानगरपालिका–२ को साविक मा किता नम्बर २६४,२६५ र २६६ गरि ३ कठ्ठा ४ धुर जग्गा पुस्तौदेखि आफुहरुले भोगचल गर्दै आएकोमा केहि व्यक्ति आफुहरुलाई धाक धमकी देखाएर उक्त जग्गा आफ्नो रहेको जर्वजस्ती गर्न खोजे उनले आरोप लगाए । उनले सर्वोच्च अदालतबाट आफुहरुको हकमा फैसला भएपनि साहले पैसा खाएर आफुहरु विरुद्ध लागेको उनको भनाई थियो ।
मधेशी पहाडीको नारा दिएर साहले आफुहरुलाई घरमै गएर राति राति धम्काउने गरेको उनले बताए । साहले आफै मापदण्ड विपरित निर्माण गरेको र नगरपालिकाबाट रोक्का भएपनि राति राति काम हुने गरेको उनले बताए ।
त्यसैगरि, स्थानीय राजनीतिककर्मी शेखर साहले पनि केहि व्यक्ति पहाडी भनेर राणाका परिवारलाई जनकपुरबाट विस्थापित गर्न खोजेको आरोप लगाए । आफु वाल्यकालदेखि नै यो जग्गामा प्रकाशमा बुवाआमादेखि अहिले सम्म बस्दै आएको र केहि व्यक्तिले जर्वजस्ती राणा परिवारको सम्पति हडप्ने खोेजेको उनले आरोप लगाए ।