LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । १५ औ गणतन्त्र दिवसको अवसरमा जनकपुरधाममा आज आईतवारदेखि सुरु भएको महेन्द्र नारायण निधी टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा मधेश प्रदेशले जितेको छ ।
स्थानीय रामजानकी वहुउदेश्य रंगशालामा आयोजना गरिएको प्रतियोगिताको पहिलोमा मधेश प्रदेशका क्रिकेट टिमले कोशि प्रदेश क्रिकेट टिमलाई ८ विकेटले हराएको हो । टँस जितेर मधेश प्रदेशले पहिलो फिल्डिङ्ग रोजेका थिए ।
कोशि प्रदेशले अल पुरै ओभर खेलर १२५ रन बनाएको थियो । १२६ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेका मधेश प्रदेशले १९ ओभर ४ बलमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको छ । आजको खेलकको म्यान अफ दि म्याज मधेश प्रदेशक बिशाल सुसेलिलाई प्रदान गरिएको छ ।
मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्रालयको सहयोगमा मधेश प्रदेश क्रिकेट संघले आयोजना गरेको उक्त प्रतियोगितामा देशभिरका सात वटै प्रदेशबाट क्रिकेट टिम सहभागि भएको छ । सो प्रतियोगितामा मधेश प्रदेश सरकारले ४० लाख, क्यानले ५ लाख र बाँकी रकम पेप्सी कोला ग्रुपले उपलब्ध गराउने छ । अगामी २२ गते सम्म चल्ने सो प्रतियोगितामा कुल २२ वटा खेल नकआउटको अधारमा गरिनेछ ।
प्रतियोगिताको विजेता टिमलाई ३ लाख, उपविजेता टिमलाई २ लाख नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिने छ । सो प्रतियोगिताको नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधीले उद्घाटन गर्दै भारत सरकारले नेपाल सरकारलाई दिने भनिएको एक सय करोड रुपैयाँ रामजानकी रंगशाला निर्माण खर्चिनुपर्ने बताएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको क्रममा घोषणा गरिएको १ अर्वको अनुदान राजनीतिक नगरि रामजानकी रंगशाला निर्माणमा सदुप्रयोग गर्नुपर्ने बताए । कार्यक्रममा शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादव, स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंह, जनकपुरधामका मेयर मनोज कुमार साह, मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष हिरा भगतसहितका सहभागिता रहेको थियो ।

 

सम्बन्धित खबर