LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । बढ्दो आर्थिक संकट र बेरोजगारिका कारण मधेश प्रदेशका जिल्लाहरुमा चोरीको घटनामा वृद्धि भएको छ । धनुषा प्रहरीले चोरी आरोपमा पक्राउ परेका एक युवतीसहित १३ जनालाई विहिवार सार्वजनिक गरेको छ ।
चोरलाई समात्ने अभियान अन्तर्गत प्रहरीले विभिन्न चोरीको घटनामा संलग्न रहेका १३ जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो । एक सप्ताह अघि मात्रै धनुषा प्रहरीले चोरीको घटनामा संलग्न रहेका २७ जनालाई पक्राउ गरि सार्वजनिक गरेको थियो । चोरीको घटनामा पक्राउ परेका अधिकांश युवाहरु १६ देखि ३० वर्षसम्मका उमेर समुहका रहेका छन् ।
बजारमा सिक्री तान्ने, साइकल चोरी, मोटरसाइकल चोरी, मोटर चोरी, रड चोरीलगायतको चोरी लगायतका घटनामामा उनीहरुलाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक व्रिवराज खड्काले जानकारि दिए । पछिल्लो दुई महिनामा यता चोरीको घटनामा व्यापक वृद्धि भएपछि चोर समात्ने अभियान नै संचालन गर्नुपर्ने उनले बताए ।
चोरीका घटनाहरु पहिलापनि हुन्थियो, उनले भने,‘ तर पछिल्लो दुई महिनायता चोरीको घटनामा व्यापक वृद्धि भएको छ । त्यसकारण हामीले चोर समात्ने विशेष अभियान नै संचालन गरेका छौ ।’ युक्रेन र रसिया बीचको युद्धले विश्वमा देखिएको आर्थिक संकट, युवाहरुमा बढ्दो वेरोजगारिका कारण चोरीको घटनामा वृद्धि भएको जानकारहरुको भनाई छ ।
मुलुक अहिले आर्थिक संकटमा छ, युवाहरु बेरोजगार छन, पुर्व वरिष्ठ उपरीक्षक गोविन्द साहले भने,‘ कतिपय युवाहरुले चोरीलाई नै जीविकोपार्यजनको पेशा बनाएको छ भने कतिपयले लागु औषध जस्ता कुलतममा फसेकाहरुले आफ्ना आवश्यकता पुरा गर्न चोरीकै बाटो अपनाउने गरेको देखिन्छ ।’ त्यसकारण जस्ता समस्या समाधान गर्न राज्यले पनि गम्भिर हुनुपर्ने उल्लेख गर्दै उनले भने,‘ वेरोजगार युवाहरु आफ्नो आवश्यकता पुरा गर्न चोरी बाटो समाप्त छ भने वैदेशिक रोजगारिमा विदेश पलायन हुने गर्छन् ।’

सम्बन्धित खबर