LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । बढ्दो आर्थिक संकट र बेरोजगारिका कारण मधेश प्रदेशका जिल्लाहरुमा चोरीको घटनामा वृद्धि भएको छ । धनुषा प्रहरीले चोरी आरोपमा पक्राउ परेका एक युवतीसहित १३ जनालाई विहिवार सार्वजनिक गरेको छ ।
चोरलाई समात्ने अभियान अन्तर्गत प्रहरीले विभिन्न चोरीको घटनामा संलग्न रहेका १३ जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो । एक सप्ताह अघि मात्रै धनुषा प्रहरीले चोरीको घटनामा संलग्न रहेका २७ जनालाई पक्राउ गरि सार्वजनिक गरेको थियो । चोरीको घटनामा पक्राउ परेका अधिकांश युवाहरु १६ देखि ३० वर्षसम्मका उमेर समुहका रहेका छन् ।
बजारमा सिक्री तान्ने, साइकल चोरी, मोटरसाइकल चोरी, मोटर चोरी, रड चोरीलगायतको चोरी लगायतका घटनामामा उनीहरुलाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक व्रिवराज खड्काले जानकारि दिए । पछिल्लो दुई महिनामा यता चोरीको घटनामा व्यापक वृद्धि भएपछि चोर समात्ने अभियान नै संचालन गर्नुपर्ने उनले बताए ।
चोरीका घटनाहरु पहिलापनि हुन्थियो, उनले भने,‘ तर पछिल्लो दुई महिनायता चोरीको घटनामा व्यापक वृद्धि भएको छ । त्यसकारण हामीले चोर समात्ने विशेष अभियान नै संचालन गरेका छौ ।’ युक्रेन र रसिया बीचको युद्धले विश्वमा देखिएको आर्थिक संकट, युवाहरुमा बढ्दो वेरोजगारिका कारण चोरीको घटनामा वृद्धि भएको जानकारहरुको भनाई छ ।
मुलुक अहिले आर्थिक संकटमा छ, युवाहरु बेरोजगार छन, पुर्व वरिष्ठ उपरीक्षक गोविन्द साहले भने,‘ कतिपय युवाहरुले चोरीलाई नै जीविकोपार्यजनको पेशा बनाएको छ भने कतिपयले लागु औषध जस्ता कुलतममा फसेकाहरुले आफ्ना आवश्यकता पुरा गर्न चोरीकै बाटो अपनाउने गरेको देखिन्छ ।’ त्यसकारण जस्ता समस्या समाधान गर्न राज्यले पनि गम्भिर हुनुपर्ने उल्लेख गर्दै उनले भने,‘ वेरोजगार युवाहरु आफ्नो आवश्यकता पुरा गर्न चोरी बाटो समाप्त छ भने वैदेशिक रोजगारिमा विदेश पलायन हुने गर्छन् ।’

सम्बन्धित खबर