LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

काठमाडौं । पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियाको साउदी प्रो लिग विश्वकै शीर्ष पाँच लिग बन्न सक्ने बताएका छन् ।यदि साउदी लिगले अझ धेरै ठूला नामहरुलाई आकर्षित गर्न सके शीर्ष पाँच लिग बन्न सक्ने उनको भनाइ छ । ३८ वर्षीय रोनाल्डो हाल अल नासेरबाट साउदी प्रो लिग खेलिरहेका छन् ।

हालैमात्र लियोनल मेस्मी, करिम बेन्जेमा र लुका मोडरिच जस्ता खेलाडीहरु साउदी जाने चर्चा चलिरहेको छ । रोनाल्डोले उनीहरुलाई आफू खेल्ने लिगमा स्वागत गरेका छन् । उनले एसपीएलसँगको अन्तर्वातामा भनेका छन्, ‘यदि ठूला खेलाडी, ठूला नाम, युवा खेलाडी, अनुभवी खेलाडी हरु आउँछन् भने, उनीहरुलाई धेरै स्वागत छ । यदि त्यसो भएमा लिगमा धेरै सुधार हुनेछ ।’

पूर्वाधारमा केही सुधारको आवश्यकता औल्याँदै उनले भने, ‘लिग धेरै राम्रो छ । मेरो विचारमा अझै धेरै अवसरहरु छन् । लिग प्रतिस्पर्धात्मक छ । हामीसँग धेरै राम्रा टिम र धेरै राम्रा अरेबियन खेलाडी छन् । तर उनीहरुले पूर्वाधारमा केही सुधार गर्नुपर्छ । रेफ्री र भिएआरमा पनि सुधार गर्नुपर्छ ।’रोनाल्डोले आफू साउदी लिगमा खुशी रहेको र अबको केही वर्षमा साउदी लिग राम्रो हुने पनि बताए । ‘म यहाँ खुशी छु र निरन्तरता दिन चाहन्छु । मेरो विचारमा यदि उनीहरुले राम्रो काम गर्दै गए अबको पाँच वर्षमा मेरो विचारमा साउदी लिग विश्वकै शीर्ष पाँचमध्ये पर्छ ।’

पाँच पटकको बालोन डे’ओर विजेता रोनाल्डो गत डिसेम्बरमा अल नासेरमा आबद्ध भएका थिए । उनले पहिलो सिजन पूरा गर्दै छन् । उनको सम्झौता २०२५ सम्म छ ।रोनाल्डोले साउदी लिगमा डेब्यु सिजनमा अल नासेरका लागि १६ खेल खेल्दै १४ गोल गरेका थिए ।गत नोभेम्बरमा म्यानचेष्टर युनाइटेडमा आफ्नो दोस्रो कार्यकाल सकिएपछि रोनाल्डो साउदी लागेका हुन् ।

सम्बन्धित खबर