LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

काठमाडौं । मलेसियासँगको ५ खेलको टी-२० क्रिकेट शृंखला नेपालले जितेको छ । पाँचौ तथा अन्तिम खेलमा मलेसियालाई ३ विकेटले हराउँदै नेपाले शृंखला ३-२ ले जितेको हो ।नेपालले २ वर्षपछि जितेको यो पहिलो सिरिज हो । यसअघि सन् २०२१ मा नेपालले कतारविरुद्धको सिरिज जितेको थियो ।घरेलु टोली मलेसियाले जितका लागि दिएको ११० रनको लक्ष्य नेपालले खेल सकिन ४ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो ।

नेपाललाई जिताउन सिता राना मगरले ३४ रन बनाइन् । उनले ३७ बलमा ६ चौका हानिन् ।रुबिना क्षेत्रीले २३ तथा अप्सरी बेगमले १५ रन बनाइन् ।मलेसियाका लागि अइना हमिजा हसिमले सर्वाधिक २ विकेट लिइन् ।यसअघि पहिला ब्याटिङ गरेको मलेसियाले २० ओभरमा १०९ रन बनाएको थियो ।

मलेसियाको लागि ओपनर वान जुलियाले सर्वाधिक ४७ रन बनाइन् । विनफ्रेड दुराइसिंगमले २४ र माहिरा इजातीले २० रन बनाइन् ।पहिलो विकेटका लागि वान जुलिया र विनफ्रेड दुराइसिंगमले ३८ रनको साझेदारी गरेका थिए । नेपालकी कविता जोशीले आठौं ओभरमा विनफ्रेडलाई एलबीडब्लु धरापमा पार्दै साझेदारी तोडिन् । त्यही ओभरमा कप्तान मास एलिसालाई कविताले जोशीले एलबीडब्लु आउट गरिन् ।

त्यसपछि वान जुलिया र माहिरा इजातीले तेस्रो विकेटका लागि ६० रनको साझेदारी गरे । इश्वरी विष्टले १९औं ओभरमा माहिरालाई आउट गर्दै यो साझेदारी तोडिन् ।अन्तिम ओभरमा मलेसियाका दुई खेलाडी रनआउट भए ।नेपालको लागि कविता जोशीले ४ ओभरमा १२ रन मात्र खर्चिएर २ विकेट लिए । ईश्वरीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन्

सम्बन्धित खबर