LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

काठमाडौं । मलेसियासँगको ५ खेलको टी-२० क्रिकेट शृंखला नेपालले जितेको छ । पाँचौ तथा अन्तिम खेलमा मलेसियालाई ३ विकेटले हराउँदै नेपाले शृंखला ३-२ ले जितेको हो ।नेपालले २ वर्षपछि जितेको यो पहिलो सिरिज हो । यसअघि सन् २०२१ मा नेपालले कतारविरुद्धको सिरिज जितेको थियो ।घरेलु टोली मलेसियाले जितका लागि दिएको ११० रनको लक्ष्य नेपालले खेल सकिन ४ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो ।

नेपाललाई जिताउन सिता राना मगरले ३४ रन बनाइन् । उनले ३७ बलमा ६ चौका हानिन् ।रुबिना क्षेत्रीले २३ तथा अप्सरी बेगमले १५ रन बनाइन् ।मलेसियाका लागि अइना हमिजा हसिमले सर्वाधिक २ विकेट लिइन् ।यसअघि पहिला ब्याटिङ गरेको मलेसियाले २० ओभरमा १०९ रन बनाएको थियो ।

मलेसियाको लागि ओपनर वान जुलियाले सर्वाधिक ४७ रन बनाइन् । विनफ्रेड दुराइसिंगमले २४ र माहिरा इजातीले २० रन बनाइन् ।पहिलो विकेटका लागि वान जुलिया र विनफ्रेड दुराइसिंगमले ३८ रनको साझेदारी गरेका थिए । नेपालकी कविता जोशीले आठौं ओभरमा विनफ्रेडलाई एलबीडब्लु धरापमा पार्दै साझेदारी तोडिन् । त्यही ओभरमा कप्तान मास एलिसालाई कविताले जोशीले एलबीडब्लु आउट गरिन् ।

त्यसपछि वान जुलिया र माहिरा इजातीले तेस्रो विकेटका लागि ६० रनको साझेदारी गरे । इश्वरी विष्टले १९औं ओभरमा माहिरालाई आउट गर्दै यो साझेदारी तोडिन् ।अन्तिम ओभरमा मलेसियाका दुई खेलाडी रनआउट भए ।नेपालको लागि कविता जोशीले ४ ओभरमा १२ रन मात्र खर्चिएर २ विकेट लिए । ईश्वरीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन्

सम्बन्धित खबर