LIVE
चुनावी आचारसंहिता छल्न मधेशमा ‘डमी’ उम्मेदवारको बिगबिगि | पुर्वमन्त्री अजय चौरसियाका बागीले लिए उम्मेदवारी फिर्ता | ज्ञानकुपमा शैक्षिक मेला ःविद्यार्थीको प्रतिभा र अभ्यासको प्रदर्शन | मधेश प्रदेशमा शान्तिपुर्ण ढंगले मनोयन दर्ता | धनुषामा प्रतिनिधि सभाका ४ सिटका लागि १४२ जनाको उम्मेदवारी | नयाँ दलहरु हावा मात्रै हो ः नेता निधी | मधेशमा ५ बजे सम्म ३२ सिटका लागि ५७१ जनाको उम्मेदवारी | “अबकी बार बालेन सरकार ः जनकपुरबाट बालेन–रवि लामिछानेको कडा सन्देश” | नेकपा एमाले मधेश प्रदेशको ३२ मध्ये २७ क्षेत्रका उम्मेदवारको नाम गरे सार्वजनिक | मधेश प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा राजकुमार सिंह नियुक्त |

काठमाडौं । हङकङमा हुने एसीसी वुमन्स टी–२० इमर्जिङ टिम्स एसिया कप खेल्ने नेपाली टिमको घोषण भएको छ ।१२ जुनदेखि हुने प्रतियोगिताका लागि मलेसियासँग ५ म्याचको शृंखला खेलेको नेपाली टोली नै यस प्रतियोगिताका लागि जाने भएको हो ।प्रतियोगिताका लागि नेपाली टोलीको भिजा आइसकेको छ । नेपाली टोलीलाई भोलि शनबिार हङकङ पठाउने तयारी भइरहेको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले अनलाइनखबरलाई जानकारी दिएका हुन् ।

यस टिमका लागि प्रशिक्षक सामसन जंग थापा नै रहनेछन् ।नेपालले यस प्रतियोगिताका लागि समुह ए मा रहेर हङकङ, भारत र पाकिस्तानको ए टोली हुनेछन् ।समूह बीमा बंगलादेश, मलेसिया, श्रीलंका र दुबई हुनेछन् । नेपालले पहिलो खेल १३ जुनमा पाकिस्तानसँग खेल्नेछ भने दोस्रो खेल १५ जुनमा भारतसँग खेल्नेछ ।यस्तै १७ जुनमा घरेलु टोली हङकङसँग प्रतिस्पर्धा गर्नेछ । उक्त प्रतियोगिता हङकङको मिसन रोड मैदान कोलुनमा हुनेछ ।

नेपाली टोली

रुबिना क्षेत्री(कप्तान), सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर, बिन्दु रावल, ज्योती पाण्डे, सम्झना कुमारी खड्का, काजल श्रेष्ठ, कृतिका मरासिनी, सरस्वती कुमारी चौधरी, अस्मिना कर्मचार्य, इश्वरी बिष्ट, अप्सरी बेगम, कविता जोशी ।

सम्बन्धित खबर