LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । धनुषामा ४५ वर्षीया एकल महिलाको हत्या आरोपमा उनकै प्रेमी २२ वर्षीय युवकलाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका १८ घर भई जनकपुरधाम स्थित घर बनाउने मिस्त्रीको काम गर्ने २२ वर्षीय ओमलाल मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ परेका युवकलाई मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा सार्वजनिक गरिएको छ ।

आइतबार साँझ करिब ५ बजेको समयमा मिथिलाबिहारी ८ तारापट्टी स्थित पोखरीको छेउमा गाडिएको अवस्थामा शव फेला परेको थियो । स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेकोमा डिएसपीको कमाण्डमा खटेको टोलीले सड्न लागेको अवस्थामा हात देखिएको र सो लास पोखरीको दक्षिण पूर्व पट्टी पानीको सतह भन्दा १ फिट माथि जमिनमा ४ फिट जति गाडिएको अवस्थामा उत्खनन् गरेका थिए ।

प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार मिथिलाबिहारी नगरपालिका ८ तारापट्टीकी करिब ४५ वर्षीया उषा दास श्रीमानको मृत्यु पश्चात युवकसँग प्रेम सम्बन्धमा थिए । महिलाले युवकलाई विवाह गर्न भनेपछि युवकले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

प्रहरी उपरीक्षक खड्काका अनुसार मृतक महिलाको छोरा २० वर्षीय सोनु दास र बुहारी कमला
नगरपालिका ३ लग्मा स्थित ससुराली घरमा गएको अवस्थामा महिलाले प्रेमीलाई जेठ २० मा घरमा ल्याएका थिए ।मण्डल र मृतकबीचमा अनैतिक सम्बन्ध रहेकोमा पटक–पटक बिबाह गर्न भन्दा ओमलालले नमानी टाढा रहन खोज्दा महिलाले खोजेर जबरजस्ति युवकलाई घरमा ल्याउने गरेको खुलेको हो ।

गत बिहिबार राति ११ बजेको समयमा बिहेकै विषयमा दुबैजनाबीच विवाद हुँदा ओमलालले एक थप्पड हानेको र थप्पड हान्नसाथ महिला बाहिर निस्की भाग्न लाग्दा घाँटी समाती घाँटी थिचेर मारेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

महिलाको मृत्यु पश्चात युवकले पोखरीको छेउमा खाल्डो खनि लाशलाई चाँडो सडाउनको लागि महिलाले लगाएको कपडा समेत खोली नाङ्गै खल्डोमा गाडेका थिए । महिलाको कपडासमेत सोही पोखरीको अर्को छेउमा गाडी महिलाले प्रयोग गरेको मोबाईल पोखरीमै फालेर फरार भएका थिए ।

मण्डलको लोकेशन चितवनको हाकिम चोक स्थित देखिएकोमा जिल्ला प्रहरी कार्यालय चितवनसँग समन्वय गरेर उनलाई पक्राउ गरिएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सम्बन्धित खबर