जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धनुषाको नगराईन नगरपालिकाका एक वडा सचिवलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
आयोगको बर्दिबास कार्यालयबाट खटेको टोलीले नगराईन नगरपालिका वडा नम्बर–२ का वडा सचिव अमृत झालाई बुधबार साँझ रंगेहात पक्राउ गरेको हो । सेवाग्राहीसँग काम गरेवापत वडा सचिव झाले नगद ७० हजार रुपैयाँ घुस लिएको उजुरीका आधारमा आयोगको टोलीले उनलाई पक्राउ गरेको बताइएको छ ।