LIVE
वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न | संघीय समाजवादी नेपाल र बहुजन एकता पार्टी वैकल्पिक मोर्चाको तयारीमा | महोत्सवको दोस्रो दिन फरक–फरक विषयमा गहन बहस | मुस्लिम समुदायको क्षमता विकास सम्बन्धी कार्यक्रम सम्पन्न | मधेश प्रदेशमा संसदीय मामिला पत्रकार समाज गठन | मधेश प्रदेश सभाको ७ औ वार्षिकोउत्सवमा सम्पन्न,संघियता संस्थागत गर्नमा वक्ताहरुको जोड | मधेश प्रदेशका ३ लाख ६९ हजार किशोरीलाई पाठेघर क्यान्सरविरुद्ध एचपिभि खोप लगाईने | महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मुत्यु | महाकुम्भबाट फर्किंदै गरेका एकै परिवारका ५ नेपालीको दुर्घटनामा मृत्यु |

काठमाडौं । पछिल्लो पाँच महिनाको अविश्वसनीय प्रदर्शनका आधारमा नेपाल क्रिकेट टिमप्रतिको अपेक्षा स्वभाविक रुपमा उच्च छ । यसपल्ट अपेक्षाअनुसार भएन । प्रदर्शन सधैं एकनासको रहँदैन । त्यसमा पनि नेपालले बलिया विपक्षीको सामना गर्नुपरेको थियो ।जिम्बाव्वेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटमा शनिबार नेदरल्याण्ड्ससँग पराजित भएपछि नेपाल समूह चरणबाट माथि पुग्न असफल भएको छ । १० टोली सम्मिलित प्रतियोगिताको कम्तिमा पनि सुपर सिक्ससम्म पुग्ने आशा नेपाली समर्थकको थियो ।

नेदरल्याण्ड्ससँग पराजित हुनुअघि समूह चरणमा नेपालले घरेलु टोली जिम्बाव्वेसँग ८ विकेट र वेष्ट इण्डिजसँग १०१ रनले हारेको थियो भने अमेरिकामाथि जित निकालेको थियो ।एसोसिएट प्रतिस्पर्धी अमेरिकासँगको ६ विकेटको जितबाहेक हरारेमा नेपालको प्रदर्शन सन्तोषजनक थिएन । पहिलो खेलमा कुशल भुर्तेलको ९९ रन सहयोगमा जिम्बाव्वेमाथि २९१ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिए पनि नेपाली बलरहरुले घरेलु ब्याटरलाई नियन्त्रण गर्न सकेनन् ।

पछिल्ला दुई खेल (वेष्ट इण्डिज र नेदरल्याण्ड्स)विरुद्ध भने नेपालको बलिङ, ब्याटिङ र फिल्डिङ सबैतिर नेपालको कमजोरी उदांगो भयो । दुईपल्टको विश्व विजेता वेष्ट इण्डिजसँग पहिलोपल्ट खेल्दा १०१ रनले हारे पनि नेपालको निडर प्रदर्शनले सबैको मन जित्यो । हरारे स्पोर्ट क्लबमा ३४० रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम ओभरमा अलआउट हुनुअघि २३८ रन बनाएको थियो ।

शनिबार नेदरल्याण्ड्ससँग हारेपछि नेपालले अर्को चरणमा प्रवेश नपाउने निश्चित भयो । समूह ए बाट नेपाल र अमेरिका पनि बाहिरिएका छन् । जिम्बाव्वे, वेष्ट इण्डिज र नेदरल्याण्ड्सले यो समूहबाट सुपर सिक्स खेल्नेछन् ।

नेपालका कप्तान रोहितकुमार पौडेलले ठूलो प्रतियोगिता र बलिया विपक्षीसँग खेलेर अनुभव र एक्स्पोजर हासिल भएको बताए । नेदरल्याण्ड्ससँग पराजित भएपछि रोहितले भनेका छन्, ‘राम्रो टिमको सामना गर्दा धेरै सिक्न पाएका छौं । प्लेअफमा राम्रो प्रदर्शन गर्नेछौं ।’ नेपालले सातौं र नवौं स्थानको प्लेअफका लागि दुई खेल खेल्नेछ ।

सम्बन्धित खबर