LIVE
वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न | संघीय समाजवादी नेपाल र बहुजन एकता पार्टी वैकल्पिक मोर्चाको तयारीमा | महोत्सवको दोस्रो दिन फरक–फरक विषयमा गहन बहस | मुस्लिम समुदायको क्षमता विकास सम्बन्धी कार्यक्रम सम्पन्न | मधेश प्रदेशमा संसदीय मामिला पत्रकार समाज गठन | मधेश प्रदेश सभाको ७ औ वार्षिकोउत्सवमा सम्पन्न,संघियता संस्थागत गर्नमा वक्ताहरुको जोड | मधेश प्रदेशका ३ लाख ६९ हजार किशोरीलाई पाठेघर क्यान्सरविरुद्ध एचपिभि खोप लगाईने | महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मुत्यु | महाकुम्भबाट फर्किंदै गरेका एकै परिवारका ५ नेपालीको दुर्घटनामा मृत्यु |

जनकपुरधाम । “साईवर सुरक्षा, यौनिकता तथा बाल बालिका संरक्षण“ सम्बन्धी चित्रकाला प्रतियोगितामा सरस्वति माध्यमिक विद्यालयले प्रथम स्थान प्राप्त गरेको छ ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोग तथा जनकपुरधाम उपमहानगरपालिकाको सहकार्यमा प्याक नेपालले आयोजना गरेको उक्त प्रतियोगितामा जनकपुरधाम–९का अवस्थित श्री सरस्वती माविका विद्यार्थीहरुले प्रथम स्थान प्राप्त गर्न सफल भएको छ । त्यसैगरि, जनकपुरधामका श्री संकट मोचन माविका दोस्रो र श्री राजर्षि जनक माविका विद्यार्थीहरुले तेस्रो स्थान र माध्यमिक विद्यालय सोहनी मुजेलियाले चौथौ स्थान प्राप्त गरेको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयलाई शिल्डसहित विद्यार्थीहरुलाई कलम कोषिसहित पुरस्कृत गरिएको थियो ।
प्रतियोगितालाई सम्बोधन गर्दै जनकपुरधामका उपमेयर किशोरी साहले बढ्दो गएको साईवर क्राइमको वारेमा प्रतियोगिता मार्फत विद्यार्थीहरुमा जनचेतनामा वृद्धि हुने बताए । विद्यालय पढ्ने गरेका छात्रछात्राहरुको साईवर सुरक्षा, यौनिकता तथा बालसंरक्षण विषयमा जनचेतना हुनु अहिलेको आवश्यकता रहेको बताए । राजर्षि जनक माविका प्रधानध्यापक विनोद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याक नेपालका कार्यकारी निर्देशक सुनिल यादवले आधुनिकतासँगै साईवर सुरक्षा सम्बन्धी चुनौतिहरु बढ्दै गएको अवस्थामा विद्यालय स्तरबाटै बालबालिकालाई यस विषयमा जानकारि हुनु अति आवश्यक रहेको बताए । यस्ता कार्यक्रमले छात्रछात्राहरुमा साईवर, बालसंरक्षण लगायतका विषयमा जनचेतना बढ्ने बताए ।

सम्बन्धित खबर