जनकपुरधाम । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महोत्तरीको मटिहानी नगरपालिकामा मंगलबार ११० फिट अग्लो राष्ट्रिय झण्डाको समुद्घाटन गरेका छन् ।
सो अवसरमा उपराष्ट्रपति यादवले मधेशमा देखिएको सुख्खाको समस्याप्रति संवेदनशिल हुनुपर्ने आवश्यक्ता रहेको बताए । संघीय र प्रदेश सरकारलाई सुख्खाको समस्याप्रति संवेदनशिल हुनुपर्ने उनले बताए । समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा देखिएका सिचाई र खानेपानीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए । यसको लागि आवश्यक कदम अघि बढाइएको र चाँडै नै यसको परिणाम देखिने उनले जानकारी दिए । सिचाईको व्यवस्थापन र सबै नागरिकलाई खानेपानीमा पहुँचको लागि प्रदेश सरकारले संघीय र स्थानीय सरकारसित पनि समन्वय गरिरहेको मुख्यमन्त्री यादवको भनाई थियो ।
प्रदेशमा सिचाई र खानेपानीको चरम अभाव देखिएको छ, उनले भने,–नागरिकको समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छ ।’ प्रदेशबासीको समस्याप्रति सरकार संवेदनशिल रहेको बताउदै मुख्यमन्त्री यादवले सिचाई र खानेपानीको दीर्घकालीन समाधान खोज्न प्रयासरत्त रहेको बताए ।
मटिहानी नगरपालिका मेयर हरि मण्डलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रदेश सरकारका मन्त्री चन्दन सिंह, प्रदेशसभा सदस्य जयनुल राईन लगायतको सहभागिता रहेको थियो ।
© 2025: Fact Samachar | All right reserved | Privacy Policy