LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । नेपाल–भारत सीमावर्ति क्षेत्रमा हुने विभिन्न अपराधिक क्रियाकलापलाई नियन्त्रणमा थप कडाई गर्न नेपाल र भारतका सुरक्षा अधिकारी बीच सहमति भएको छ ।
नेपाल–भारतका सुरक्षा अधिकारीहरूको आज भारत विहार राज्यको मधुवनी जिल्लाको शौराठमा भएको संयुक्त सुरक्षा वैठकमा यस्तो सहमति भएको हो । बैठकमा सीमा क्षेत्रबाट हुने गरेको लागु औषधको ओसार पसार नियन्त्रणमा थप कडाइ गर्ने, आपराधिक गतिविधि नियन्त्रण गर्न दुवै देशले सिमावर्ति क्षेत्रका सुरक्षा गस्ती बढाउने निर्णय भएको वैठकमा सहभागि धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले बताए ।
वैठकमा सीमा क्षेत्रमा हराएका सीमा स्तम्भको पुर्न निर्माणका लागि संयुक्त सर्भेका लागि केन्द्रलाई आग्रहा गरिने, भत्केका सीमा स्तम्भहरूको पुनः निर्माण गर्ने, नेपाल तर्फ हुने गरेको नक्कली नोटको कारोबार एवं ओसारपसारमा कडाइ गर्ने वा हुन नदिने, एक ठाउँमा अपराध गरेर सीमावर्ती क्षेत्रमा भागेर लुकी बस्नेको विषयमा सूचना आदान प्रदान गर्ने सहमति भएकोले बताए ।
बैठकमा नेपालका तर्फबाट धनुषा, महोत्तरी, सिरहा तथा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रहरी उपरीक्षकहरू, सशस्त्र प्रहरी उपरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सहभागी भएको थियो भने भारतको तर्फबाट मधुबन्नी जिल्लाका डिएम अरविन्द कुमारले नेतृत्व गरेको थियो ।

सम्बन्धित खबर