
लोसपाको प्रदेश स्तरीय विस्तारित वैठक पाँच सासदद्वारा वहिस्कार
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएको दुई वर्षपछि लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले जिल्लादेखि बुथ सम्म पार्टीको संगठन विस्तार गर्ने अभियान चलाउने भएको छ । मंगलवार लोसपाका मधेश प्रदेशका अध्यक्ष तथा प्रदेशका पुर्व मन्त्री जितेन्द्र सोनलले पार्टीले केहि प्राविधि करणले लामो समयदेखि संगठन विस्तार र संगठन सुद्धिढिकरण गर्न नसकेको भएको अव जिल्लादेखि बुथ सम्म पार्टीको संगठन विस्तार गरिने बताए । गत १८ गते महोत्तरीको बर्दिवासमा भएको पार्टीको विस्तारित वैठकले पार्टीको संगठन विस्तार र सुद्धिढिकरण गर्ने निर्णय भएको बताए । पार्टीको संगठन विस्तारको लागि आर स्वायर अर्थात समिक्षा र सुधार अभियान संचालन गरिने उनले बताए ।
पार्टीको केन्द्रिय समितिलाई केहि दिनमै पुर्णता दिने निर्णय समेत भएको उनले बताए । अर्को प्रशंगमा अध्यक्ष सोनलले नागरिकता ऐन लागु भई जन्मसिद्धका सन्तानले नागरिकता पाएपनि नागरिकता नियमावली नबन्दा आमाको नामबाट अझै पनि नागरिकता पाउन नसकिरहेकोले तत्काल उक्त नियमावली बनाई नागरिकताको लागि सहज बाटो बनाई दिन सरकारसँग माग गरे ।
संघिय र प्रदेश सरकारमा आफ्नो पार्टीको सहभागिता भएपनि दुवै सरकारले जनभावना अनुसार काम गर्न नसकेको र अझै विकृति र विसंगति देखिएकोले तत्काल सुधार गर्न सरकारलाई उनले सरकारलाई ध्यानकर्षण समेत गराए । मधेश प्रदेशमा वर्षेणी विभिन्न प्राकृतिक विपदाहरु आउने गरेको उल्लेख गर्दै उनले भने,‘ वर्षायाममा बाढी आएर डुबान कटान हुन्छ,कहिले शितलहरका कारण चिसो बढेर कठ्याङग्रिए दर्जनौको मृत्यु हुने गर्छ । गर्मिमा पानीको लेयर सुखेर पानीको अभाव हुन्छ । त्यसकारण यि प्राकृतिक विपदाहरुको द्धिर्घकालिन समाधानका लागि संघिय र प्रदेश सरकारले योजना अगाडी बढाउनु आवश्यक छ ।’ चुरे संरक्षणलाई जोड दिएको खण्डमा पानीको समस्या धेरै हद सम्म समाधान हुने उनको भनाई थियो ।
संविधानको अनुसुचि ६ को दाफा १ मै प्रदेशको शान्ति सुरक्षाको जिम्मेवारी प्रदेश सरकारलाई दिएको बताउदै अध्यक्ष सोनलले भने,‘ प्रदेश प्रहरी ऐन निर्माण भएपनि अहिले सम्म कार्यान्वय हुन सकेको छैन । संघियतालाई संस्थागत गर्न प्रदेश प्रहरी कार्यान्वय ल्याउनुपर्छ भने लोसपाको जोडदार माग हो ।’
संचारकर्मीको एक जिज्ञशामा नेता सोनलले गौर हत्या काण्डमा लोसपाको अहिले छुट्टै कुनै धारणा नरहेको र पाँच दलिय गठबन्धनमा लोसपापनि सहभागि रहेकोले पाँच दलिय गठबन्धनकै धारणा लोसपाको रहेकोले उनले बताए । उनले मिटर ब्याज समबन्धी कानुनको नाममा प्रहरी प्रशासनले प्रशानिक हस्तक्षेप र समाजिक व्यवस्थालाई अस्तव्यस्त बनाएको आरोप लागए । मिटर ब्याज पीडितको पक्षमा आफुहरु रहेपनि सो सम्बन्धि कानुनलाई सहि रुपमा प्रयोग गर्न प्रहरी प्रशासनसँग उनले आग्रहा गरे ।
लोसपाको प्रदेश स्तरीय विस्तारित वैठक पाँच सासदद्वारा वहिस्कार
गत १८ भदौमा वर्दिवासको लोसपाको प्रदेश स्तरीय विस्तारित वैठकलाई पार्टीका पाँज जना प्रदेश सासदले वहिस्कार गरेका छन् ।
पार्टीका प्रदेश अध्यक्ष जितेन्द्र सोनल लामो समयदेखि पार्टीको कुनै गतिविधि नगरेको र सोनलकै व्यवहारको कारण पार्टी कमजोर हुदै गएको आरोप लगाउदै मधेश प्रदेशका संसदीय दलका नेता अभिराम शर्मासहितका पाँच जना सासदले वैठक वहिस्कार गरेका थिए । मधेशमा लोसपाका ९ जना सासद रहेका छन् । त्यसमध्ये दलका नेता शर्मा, सासद तथा प्रदेशका मन्त्री रमेश प्रसाद कुर्मी, रानी शर्मा तिवारी,उपेन्द्र महतो रुपा यादवले वैठक वहिस्कार गरेका हुन् ।
लोसपा श्रोतका अनुसार सोनल प्रदेश अध्यक्ष भएदेखि पार्टी कमजोर हुदै गएको र पार्टीको गतिविधि नरहेको कारण कार्यकर्तामा निरशा फैलिएको आरोप लगाउदै दलका नेता शर्माले वैठक वहिस्कार गरेका थिए । प्रदेशको विस्तारित वैठक गर्न सोनलले संसदहरुको लेविबाट जम्मा हुने रकमबाट दुई लाख रुपैयाँ समेत माग गरेका थिए । शर्माले उक्त वैठकको लागि पैसा दिएपनि वैठकमा भने सहभागि भएन । पार्टीको वैठकको व्यवस्थापन पार्टी अध्यक्षले गर्नुपर्ने हो, श्रोतले भनियो,‘ तर सोनलले पार्टीको वैठक गर्न पनि संसदहरुको लेविको रकमबाट गरेकोले पनि दलका नेता शर्माले आपति जनाएका थिए ।
यस सम्बन्धमा दलका नेता शर्माले कार्य व्यस्थताको कारणले आफु वैठकमा सहभागि नभएको बताए । उनले भने,‘अरु माननीय के कारणले वैठकमा जानु भएन मलाई थहा भएन । तर म कार्यवस्थताका कारण वैठकमा सहभागि हुन सकेन ।’श्रोतका अनुसार वैठक हुनु भन्दा एक दिन अघि नै सोनलको क्रियाकलाप प्रति असंतुष्टि जनाउदै दलका नेता शर्मा, रानी शर्मा तिवारी, रमेश पटेल पार्टी अध्यक्ष महन्थ ठाकुरसँग भेटर वैठकमा सहभागि नहुने जानकारी गराएका थिए । जवाफमा अध्यक्ष ठाकुरले असंतुष्ट सासदहरुलाई तपाईहरुको इच्छा भनेर पठाएका थिए ।