LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

स्थानीय प्रशासनले सर्लाही सदरमुकाम मलंगवामा लगाएको कर्फ्यू हटाएको छ । जिल्ला प्रशासन कार्याय सर्लाहीले सूचना जारी गर्दै आज बिहान ८ बजेदेखि कर्फ्यू हटाएको जनाएको छ ।कृष्णष्टमीको मुर्ति सेलाउने क्रममा शुक्रबार साँझ हिन्दु र मुस्लिम समुदायबिच झडप भएर तनाब बढेपछि प्रशासनले शनिबार साँझ ५ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि मलंगवा बजार क्षेत्रमा कर्फ्यू लगाएको थियो ।
शान्ति सुरक्षाको अवस्था सामान्य रहेकोले आज बिहान ८ बजेदेखि कर्फ्यू हटाएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रवेद यादवले जानकारी दिए ।
यधपी सम्भावित सद्भाव खलल पुर्याउने घटनालाई मध्यनजर गर्दै मलंगवा नगर क्षेत्रमा भदौ २७ गते राति १२ बजेसम्मका लागि भेला, नाराजुलुस लगाउने जस्ता गतिविधि हुन नदिने निषेधज्ञा जारी गरेको छ ।
साविक मलंगवा नगरक्षेत्र भित्र कुनै प्रकारको भेला हुन नपाउने, जुलुस गर्न नहुने, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइने निषेधाज्ञा लगाएको हो ।
‘…स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (२) (१) र दफा ६ (ख) को (१) (ग) बमोजिम आज मिति २०८०।०५।२४ गते विहान ८ः०० बजे देखि मिति २०८०।०५।२७ गते राती १२ः०० बजे सम्मको लागि निषेधाज्ञा जारी गरिएको व्यहोरा अनुरोध छ’, निषेधाज्ञामा अघि लेखिएको छ ।

सम्बन्धित खबर