LIVE
वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न | संघीय समाजवादी नेपाल र बहुजन एकता पार्टी वैकल्पिक मोर्चाको तयारीमा | महोत्सवको दोस्रो दिन फरक–फरक विषयमा गहन बहस | मुस्लिम समुदायको क्षमता विकास सम्बन्धी कार्यक्रम सम्पन्न | मधेश प्रदेशमा संसदीय मामिला पत्रकार समाज गठन | मधेश प्रदेश सभाको ७ औ वार्षिकोउत्सवमा सम्पन्न,संघियता संस्थागत गर्नमा वक्ताहरुको जोड | मधेश प्रदेशका ३ लाख ६९ हजार किशोरीलाई पाठेघर क्यान्सरविरुद्ध एचपिभि खोप लगाईने | महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मुत्यु | महाकुम्भबाट फर्किंदै गरेका एकै परिवारका ५ नेपालीको दुर्घटनामा मृत्यु |

काठमाण्डौ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनमा सरकारले बिहीबार शोक बिदा दिएको छ ।
मंगलबार गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति जारी बिहीबार शोक बिदा हुने जानकारी दिएका हुन्। नेम्वाङको अन्तिम संस्कार बिहीबार बिहान ११ बजे हुने भएको हो। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पनि अन्तिम संस्कार गर्ने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
त्यसअनुसार नै गृहले सार्वजनिक बिदाको विज्ञप्ति जारी गरेको हो।
यस्तै त्यस दिन राष्ट्रिय झन्डा आधा झुकाइने पनि प्रवक्ता शर्माले जानकारी दिए।
बिहीबार देशभरका सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा बिदा हुने र ती कार्यालयहरूमा राष्ट्रिय झन्डा आधा झुकाउने भएको हो। प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेम्वाङको मंगलबार बिहान हृदयघातबाट निधन भएको हो। उनको पार्थिव शरीरलाई मंगलबार ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ। पार्टी कार्यालयमा भोलि दिउँसो १ बजेसम्म राखिनेछ ।
त्यसपछि बालुवाटारस्थित निवासमा लगिने छ। बिहीबारमात्रै उनको अन्तिम संस्कार गर्न लागेको हो।

 

सम्बन्धित खबर