LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । राष्ट्रिपति रामचन्द्र पौडेल आगमी ८ असोजमा जनकपुरधाम आउने भएको छ ।
नेपाल प्रेस युनियन धनुषा शाखाले आईतवार विहान गरेको आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका पुर्व उपसभापति बिमलेन्द्र निधीले सोको जानकारी दिएका हुन् ।
नागरिकता सम्बन्धी ऐनलाई प्रमाणिकरण गरेर लामो समयदेखि नागरिकताबाट वञ्चित रहेका अंगकृत नागरिकका सन्तानलाई नागरिकता पाउन कानुनि बाटो खुलाएकोले राष्ट्रिपति पौडेललाई जनकपुरधामवासीले नागरिक अभिनन्दन गर्ने कार्यक्रम राखेको छ । सोही कार्यक्रममा राष्ट्रिपति पौडेल जनकपुरधाम आउन लागेको नेता निधीले बताए । यस गत महिनमै राष्ट्रिपति पौडेलको जनकपुर आउने कार्यक्रम तय भएको थियो । तर मौसम अनुकुल नभएको कारण तत्काल सो कार्यक्रम स्थगित गरिएको थियो ।
त्यसैगरि, नेता निधीले जनकपुरधाममा श्री रामजानकी अन्तराष्ट्रिय स्टेडिम निर्माणमा भारतले चासो राखेको बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणको क्रममा जनकपुरधामको विकासको लागि भारतीय रुपैयाँ १ सय करोड अनुदान दिने घोषणा गरेका थिए । उक्त अनुदानको रकम र प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाले संयुक्त रुपमा स्टेडिम निर्माणको लागि पहल गर्ने निर्णय भएको उनले बताए । त्यसमा भारतीय पक्ष सकरात्मक रहेको उनले बताए ।
अर्को प्रशंगमा उनले गठबन्धनको सरकार भएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन जस्तो व्यवहार नगरेको बताए । वर्तमान सरकारले कार्य प्रति असंतुष्टी व्यक्त गर्दै नेता निधीले मुलुक अस्थिरता तर्फ गईरहेको बताए ।

सम्बन्धित खबर