LIVE
मासूम बालक बने मानवताको उदाहरण, नेपालका बाढीपीडितलाई सहयोग गर्न आफ्नै गुल्लक हस्तान्तरण | भोटेकोशी बाढीपीडितका लागि हमीद रेजाद्वारा ५ लाख सहयोग | भोटेकोशी बाढीपीडितलाई रविउन नुर कमिटीको पहलमा झण्डै पाँच लाखको राहत | कम लागतमा बढी आम्दानी : धनुषाका किसानलाई कृषि व्यवसायमा जोड्ने पहल | जलेश्वर कारागारका कैदीबन्दीद्वारा प्रधानमन्त्री विपद् राहत कोषमा १ लाख जम्मा | श्रीमानको फोनको प्रतिक्षामा पुजा साह | भोटोकोशिमा आएको बाढी कारण मधेश प्रदेशमा १६२ जना अझै वेपत्ता | नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली |

जनकपुरधाम । राष्ट्रिपति रामचन्द्र पौडेल आगमी ८ असोजमा जनकपुरधाम आउने भएको छ ।
नेपाल प्रेस युनियन धनुषा शाखाले आईतवार विहान गरेको आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका पुर्व उपसभापति बिमलेन्द्र निधीले सोको जानकारी दिएका हुन् ।
नागरिकता सम्बन्धी ऐनलाई प्रमाणिकरण गरेर लामो समयदेखि नागरिकताबाट वञ्चित रहेका अंगकृत नागरिकका सन्तानलाई नागरिकता पाउन कानुनि बाटो खुलाएकोले राष्ट्रिपति पौडेललाई जनकपुरधामवासीले नागरिक अभिनन्दन गर्ने कार्यक्रम राखेको छ । सोही कार्यक्रममा राष्ट्रिपति पौडेल जनकपुरधाम आउन लागेको नेता निधीले बताए । यस गत महिनमै राष्ट्रिपति पौडेलको जनकपुर आउने कार्यक्रम तय भएको थियो । तर मौसम अनुकुल नभएको कारण तत्काल सो कार्यक्रम स्थगित गरिएको थियो ।
त्यसैगरि, नेता निधीले जनकपुरधाममा श्री रामजानकी अन्तराष्ट्रिय स्टेडिम निर्माणमा भारतले चासो राखेको बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणको क्रममा जनकपुरधामको विकासको लागि भारतीय रुपैयाँ १ सय करोड अनुदान दिने घोषणा गरेका थिए । उक्त अनुदानको रकम र प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाले संयुक्त रुपमा स्टेडिम निर्माणको लागि पहल गर्ने निर्णय भएको उनले बताए । त्यसमा भारतीय पक्ष सकरात्मक रहेको उनले बताए ।
अर्को प्रशंगमा उनले गठबन्धनको सरकार भएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन जस्तो व्यवहार नगरेको बताए । वर्तमान सरकारले कार्य प्रति असंतुष्टी व्यक्त गर्दै नेता निधीले मुलुक अस्थिरता तर्फ गईरहेको बताए ।

सम्बन्धित खबर