LIVE
मासूम बालक बने मानवताको उदाहरण, नेपालका बाढीपीडितलाई सहयोग गर्न आफ्नै गुल्लक हस्तान्तरण | भोटेकोशी बाढीपीडितका लागि हमीद रेजाद्वारा ५ लाख सहयोग | भोटेकोशी बाढीपीडितलाई रविउन नुर कमिटीको पहलमा झण्डै पाँच लाखको राहत | कम लागतमा बढी आम्दानी : धनुषाका किसानलाई कृषि व्यवसायमा जोड्ने पहल | जलेश्वर कारागारका कैदीबन्दीद्वारा प्रधानमन्त्री विपद् राहत कोषमा १ लाख जम्मा | श्रीमानको फोनको प्रतिक्षामा पुजा साह | भोटोकोशिमा आएको बाढी कारण मधेश प्रदेशमा १६२ जना अझै वेपत्ता | नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली |

जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिकामा लागु औषध सेवन गरेर आफ्नैलाई हत्या गरेको आरोपमा दुई जना पक्राउ गरेको छ ।
गत विहिवार जनकपुरधाम –२३ लादो बेलास्थित धान खेतमा मृत अवस्थामा भेटिएको युवालाई लागु औषध सेवन गरेका आफ्नै दुई साथीले समान्य विवादमा हत्या गरेको खुलेको छ ।
जनकपुरधाम उपमहानगरपालिका– २४ सोनापाडा बस्ने फुलगेन महराका २४ वर्षीय छोरा रुपेश महरा मृत अवस्थामा भेटिएका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाले आईतवार पत्रकार सम्मेलन गरि महराको आफ्नै साथीहरुले समान्य विवादमा बासको भाटाले प्रहार गरि हत्या गरिएको सार्वजनिक गरेको छ । प्रहरी महराको हत्याको आरोपमा सोनापाडाकै २० वर्षिय पवन सहनी र हरिचरण मण्डललाई पक्राउ गरि सार्वजनिक समेत गरेको छ ।
तीनै जना साथी भारतीय बजार भिठामोडमा लागु औषध सेवन गरि घर फर्किने क्रममा मोबाईलको विषयमा विवाद भएको थियो । सोही विवादको क्रममा सहनी र मण्डल मिलेर महरालाई बाँसको भाटाले कुटपिट गरेका थिए ।
कुटपिटमा गम्भिर घाईते भएका महरालाई धानमा फालेर दुवै जना भागेको र पछि महराको मुत्यु भएको हुन सक्ने पत्रकार सम्मेलनमा धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए । पक्राउ गरेका दुवै जनामाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप अनुसन्धान भईरहेको उनले बताए ।

सम्बन्धित खबर