LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिकामा लागु औषध सेवन गरेर आफ्नैलाई हत्या गरेको आरोपमा दुई जना पक्राउ गरेको छ ।
गत विहिवार जनकपुरधाम –२३ लादो बेलास्थित धान खेतमा मृत अवस्थामा भेटिएको युवालाई लागु औषध सेवन गरेका आफ्नै दुई साथीले समान्य विवादमा हत्या गरेको खुलेको छ ।
जनकपुरधाम उपमहानगरपालिका– २४ सोनापाडा बस्ने फुलगेन महराका २४ वर्षीय छोरा रुपेश महरा मृत अवस्थामा भेटिएका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाले आईतवार पत्रकार सम्मेलन गरि महराको आफ्नै साथीहरुले समान्य विवादमा बासको भाटाले प्रहार गरि हत्या गरिएको सार्वजनिक गरेको छ । प्रहरी महराको हत्याको आरोपमा सोनापाडाकै २० वर्षिय पवन सहनी र हरिचरण मण्डललाई पक्राउ गरि सार्वजनिक समेत गरेको छ ।
तीनै जना साथी भारतीय बजार भिठामोडमा लागु औषध सेवन गरि घर फर्किने क्रममा मोबाईलको विषयमा विवाद भएको थियो । सोही विवादको क्रममा सहनी र मण्डल मिलेर महरालाई बाँसको भाटाले कुटपिट गरेका थिए ।
कुटपिटमा गम्भिर घाईते भएका महरालाई धानमा फालेर दुवै जना भागेको र पछि महराको मुत्यु भएको हुन सक्ने पत्रकार सम्मेलनमा धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए । पक्राउ गरेका दुवै जनामाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप अनुसन्धान भईरहेको उनले बताए ।

सम्बन्धित खबर