LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । सिमावर्ति क्षेत्रमा हुने अपराधिक क्रियाकलापलाई रोक्न नेपाल–भारतका सुरक्षा अधिकारीहरु सहमत भएका छन् ।
शनिवार जनकपुरधाममा बसेको नेपाल भारतको सीमा सुरक्षा अधिकारीहरुको वैठकमा यस्तो सहमति भएको हो । वैठकमा जनकपुरधाममा हुने सीताराम विवाहपञ्चमी महोत्सवमा हजारौको संख्यामा आउने भारतीय तीर्थयात्रीहरुलाई सीमानामा सहजीकरण गर्ने निर्णय भएको छ ।
मंंसिर २६ गतेवाट सप्ताहव्यापी रुपमा हुने सीताराम विवाहपञ्चमी महोत्सव सहितको ५ वटा समसामयीक विषयमा छलफल र निर्णय भएको नेपाली पक्षको नेतृत्व गरेका धनुषाका प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले जानकारी दिए । विवाहपञ्चमीमा आउने हजारौ तीर्थयात्री सहितको सवारी साधन प्रवेशमा सहजिकरण गर्ने, सीमावारी अर्थात भारतवाट हुने गरेको लागु औषधको कारोवार कडाईकासाथ नियन्त्रण गर्ने र नेपालवाट भारतमा अवैध रुपमा जाने गरेको मदिराको चोरी निकाशीमा कडाई गर्ने सहमति भएको उनले बताए ।
त्यसैगरि, सीमा क्षेत्रमा हुने गरेको अपराधिक गतिविधिको कडाई गर्नुको साथै अपराधिक गतिविधिका विषयमा दुवै देशका सुरक्षा अधिकारी बिच प्रभावकारी सूचनाको आदान प्रदान गर्ने तथा भारतीय पक्षवाट दशगज्जा क्षेत्रमा हुने गरेको अतिक्रमिण कडाईका साथ हटाउने सहमति भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए ।
जनकपुरधामवाट भारतमा जाने रेल तथा भारतवाट नेपाल आउने रेलमा सुरक्षा चेक बढाउने तथा नेपाली पक्षबाट सीमा क्षेत्रको विजोर नम्बरको पिलरहरुको भइरहेको मर्मत सम्भारमा भारतीय पक्षले सघाउने र हराएका सीमा स्तम्भको विषयमा सीमा सम्बन्धि उच्च स्तरीय समितिलाई काम गर्नका लागि आग्रह गर्ने वैठकमा सहमति भएको छ ।
सीमा सुरक्षा समन्वय वैठकमा धनुषा, महोत्तरी, सिरहा, सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारहरु, प्रहरी उपरीक्षकहरु, शसस्त्र प्रहरी उपरीक्षकहरु, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु, मधेश प्रदेशका गृह सञ्चार तथा कानूनमन्त्रालयका सचिव सहभागि सहितका अधिकारीहरु सहभागि रहेका थिए । त्यसैगरि, वैठकमा भारतीय पक्षको नेतृत्व मधुबन्नीका जिल्ला प्रमुख अधिकारी डि एम अरविन्द कुमार, मधुवन्नीका जिल्लाका प्रहरी प्रमुख, सीमा सुरक्षा वल तथा अन्य सुरक्षा सीमा सुरक्षा अधिकारीहरुको सहभागिता रहेको थियो ।

 

सम्बन्धित खबर