LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । मधेश लागु औषधको ट्रान्जिट प्वाईन्ट बनिरहेको बेलामा प्रदेश प्रहरीले लागुऔषध विरुद्धको अभियान सुरुमा गरेको छ ।
उक्त अभियानको आईतवार मुख्यमन्त्री सरोजकुमार यादवले महोत्तरीको बर्दिबासमा एक कार्यालय बीच उद्घाटन गरेका छन् । मधेश प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको लागूऔषध विरुद्धको अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले यो अभियानलाई सहयोग गर्न अभिभावकहरुमा आग्रह समेत गरे । आफ्नो सन्तानको निगरानी गर्नु, कुलतमा नफसोस यि विषयमा अभिभावकले ध्यान दिनु आवश्यक रहेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले भने,‘ अभिभावकहरुले आफ्नो सन्तानको निगरानी गरेपछि लागूऔषध र्दुव्यसनीको संख्या घटनेछ ।’
कार्यक्रममा गृह, संचार तथा कानुन मन्त्री मोहम्मद समिमले लागूऔषधले बुवाआमाको सपनामा पानी खन्याएको जिकिर गर्दै यो अभियानमा सहयोग गर्न सबैलाई आग्रहा गरे । उनले भने,‘लागूऔषधले समाजमा विकृति बढाएको छ । यसमा सबै तह तप्का गम्भिर भएन भने यसलाई नियन्त्रण र न्युनिकरण गर्न सम्भव छैन ।’
मधेश प्रदेशको आठै जिल्लामा लागू औषधको कुलतमा लागेका युवाहरुलाई मनोपरामर्श दिइने लगायतको कार्यक्रमहरु गरिने मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले बताए ।
कार्यक्रममा मधेश प्रदेशका पूर्व गृह तथा संचारमन्त्री एवम् प्रदेशसभा सदस्य भरतप्रसाद साह, प्रदेशसभा सदस्य शारदा थापा, बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लाद क्षेत्री लगायतले आ आफ्नो मन्तव्य राखेका थिए ।

सम्बन्धित खबर