LIVE
८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप |

जनकपुरधाम । केहि दिन अघि पोखरामा सम्पन्न केपी ओली कप टी २० क्रिकेट प्रतियोगिताको च्याम्पियन भएकमो मधेश प्रदेश क्रिकेट टिमलाई मधेश प्रदेश सरकारले खेलाडीहरुलाई प्रोत्साहन स्वरुप पाँच लाख दिने घोषणा गरेको छ ।
मुख्यमंत्री सरोजकुमार यादवले बुधवार खेलाडीहरुलाई बधाई दिदै उक्त रकम दिने घोषणा गरे । खेलकुद विकासको लागि आफू प्रतिवद्ध भएको बताउदै मुख्यमन्त्री यादवले प्रदेशका खेलाडीहरुलाई सुविधा दिएर हरेक जिल्लामा खेलकुदको सुदृढ पूर्वाधार खडा गरिने बताए ।
उक्त अवसरमा मुख्यमंत्री यादव, प्रदेश सभा सदस्य रामाशीष यादव एवं प्रदेशका प्रमुख सचिव दिनेश कुमार घिमिरेले खेलाडीहरु, प्रशिक्षक एवं पदाधिकारीहरुलाई खादा ओढाई सम्मान समेत गरिएको थियो ।
पोखरामा मंसिर १५ गते भएको रोमांचक फाइनलमा मधेश प्रदेशले दस जना राष्ट्रिय खेलाडी सामेल त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गरेको थियो ।
धनुषा जिल्ला क्रिकेट संघका उपाध्यक्ष आकाश पाण्डेले सम्मानबाट खेलाडीहरु उत्साहित भएको बताए । नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय उपाध्यक्ष रोशन सिंहले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राख्न मुख्यमंत्रीसंग आग्रह गरे ।

सम्बन्धित खबर