LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । धनुषाकी आरती साह मृत्यु प्रकरणमा अभियुक्त बनाईएका उनका पति मोतीबाबु साहलाई प्रहरीले पक्राउ गरेको छ ।
साहलाई प्रहरी सोमवार विहान जनकपुरधामको सगुन होटलबाट पक्राउ गरेको हो ।

गत मंसिर २० गते सर्वोच्च अदालतले आरतीका पति साहलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो । भने सोही मुद्दामा सर्वोच्चले उनका सासुरा मदन मोहन सुडीलाई १ लाख थरौटीको छोड्न आदेश दिएको थियो । सोही आदेश अनुसार प्रहरीले साहलाई पक्राउ धनुषाका प्रहरी उपरीक्षक मित्र बन्धु शर्माले जानकारी दिए । पक्राउ गरिएका साहलाई आवश्यक प्रक्रिया पुरा गरि कारागार पठाउने उनले बताए ।
गत जेठ ७ गते जनकपुरधाम उपमहानगरपालिका– ९ थापाचोक स्थित आफ्नै घरमा झुण्डेको अवस्थामा आरती मृत भेटिएकी थिइन् । परिवारजनले आरतीलाई उपचारको लागि स्थानीय एक अस्पतालमा लगेपछि घटना वारे प्रहरीले जानकारी पाएका थिए । यता, आरतीको माइती पक्षले दाइजोको कारण आरतीका श्रीमान र ससुराले हत्या गरेको भनेर जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका थिए ।

सो घटनामा जिल्ला अदालतले आरतीका पति र सासुरालाई पुर्व पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । तर गत १८ असोजमा सो मुद्दामा उच्च अदालतले आरोपित दुई जनालाई साधारण रिहा गर्न फैसला गरेका थिए । त्यसपछि पीडित परिवारजनले आर्थिक प्रभावमा प्रहरीले मुद्दालाई कमजोर बनाएको आरोप लगाउदै घटनाको पुनः छानबिनको लागि काठमाण्डौस्थित माईतीघरमा लामो समय धर्ना दिदै आएका थिए । सञ्चारमाध्यमहरुले सो विषयमा चासो लिएपछि तत्कालिन धनुषाका प्रहरी उपरीक्षक विश्वराज खण्ड्का समेत हेडक्वाटरमा तानिएका थिए ।

सम्बन्धित खबर