LIVE
मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित | धनुषाबाट हजका लागि सउदी अरब जान लागेका हज यात्रीलाई विदाई तथा सम्मान | महोत्तरीे भंगाहाकी एक किशोरीलाई विहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप | भारत–पाकिस्तान बीचको तनावले सिमावर्ती क्षेत्रमा उच्च सतर्कता, आवतजावतमा कडाई | रंगशालाको जग्गाको भाडा बढाएपछि जनप्रतिनधीले गरे मुख्यमन्त्री सिंहसँग गुनासो | केही सञ्चारमाध्यममा आएको समाचार झुठो रहेको भन्दै जनमतको अधिकारिक स्पष्टीकरण | झडपका कारण एमाले धनुषा अधिवेशन अनिश्चित | एमाले धनुषाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै, अध्यक्षमा भोला र लक्ष्मीनारायण बीच प्रतिस्पर्धा | मधेश प्रदेशमा आज सार्वजनिक विदा | नेकपा एसले मुख्यमन्त्री सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाए |

जनकपुरधाम । अयोध्यामा निर्माण राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरधामबाट आज भार पठाइएको छ।

बिहीबार बिहान मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, पूर्वउपप्रधानमन्त्री तथा कांग्रेसका नेता विमलेन्द्र निधिसहितले भार टोलीलाई बिदाइ गरेका छन्।


हिजो साँझदेखि जनकपुरधाम नगरवासीले आफ्ना–आफ्ना घरबाट ल्याएका भार कोसेली जानकी मन्दिरपरिसरमा संकलन गरिएको थियो। करिब १५ सयभन्दा बढी भार अयोध्या पठाइएको छ। भारसँगै यहाँ उद्योगी–व्यापारीले तथा नागरिकले सुनचाँदीका गरगहनासमेत पठाएका छन्।अयोध्यामा निर्माण गरिएको राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जनकपुरधाम उपमहानगरका मेयर मनोजकुमार साह, महन्त रामतपेश्वर दासको संरक्षक रहेको भार टोलीको नेतृत्व जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले गरिरहेका छन्।

भार लिएर जनकपुरधामको परिक्रमा गर्दै जलेश्वर जाने र त्यहाँबाट हुलाकी सडक हुँदै, सम्सी कन्मा, मलंगवा, सिमरौन, कलैया, गढीमाई हुँदै वीरगन्जमा रात्रि वास बस्ने जानकारी दिए।

त्यसको भोलिपल्ट रक्सौल बोर्डर हुँदै बेतिया, गोरखपुर र अन्तिममा अयोध्या पुग्ने बताए। त्यसपछि अर्को दिन ६ तारिक बिहान ९ बजे भारलाई राम जन्मभूमि ट्रस्टलाई हस्तान्तरण गर्ने र राम मन्दिर दर्शन गर्ने दासले बताए। उनका अनुसार दर्शन गरेकै दिन जनकपुरधामका लागि अयोध्याबाट फर्किने कार्यक्रम छ।

सम्बन्धित खबर