LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । जीवन बीमा कम्पनी एलआइसीले मधेश प्रदेशमा निर्वाधरुपमा ठगी धन्धा चलाइ रहेको आरोप एक पीडित बीमाकर्ताले लगाएका छन् ।
एलआईसी नेपाल मधेश प्रदेश कार्यालयले केही वर्षदेखि मधेश प्रदेशमा गरिरहेको ठगीधन्धाको भण्डाफोर गर्दै बीमाकर्ता सत्येन्द्र पाण्डेले नेपालको कानुनको उपहास हुँदा पनि कुनै किसिमको कारवाही नहुनु दुःखद रहेको बताए । बीमाकर्ता पाण्डे आईतवार पत्रकार सम्मेलन गरी यस्तो आरोप लगाएका हुन् ।
बीमाकर्ता पाण्डेले जारी गरेका विज्ञप्तिमा नेपालको कानुन विपरीत बिना प्रक्रिया पु¥याई रौतहतदेखि धनुषासम्ममा दर्जनौँ व्यक्तिको लाखौँ रुपैयाँ अनियमितता गरेको प्रमाणहरु रहेको आरोप लगाए । पीडित बीमाकर्ता पाण्डेले एलआईसी नेपालमा गैर कानुनीरुपमा काम गर्नेलाई पुरस्कारस्वरुप पदोन्नति गर्दै मधेश प्रदेश कार्यालयको प्रमुखसमेत बनाएको प्रति एलआईसी नेपालको रवैया र सेवाग्राहीलाई भ्रममा राखेर ठगीधन्धा निर्वाधरुपमा संचालन हुनुमा सरकारको समेत संलग्नता रहेको पुष्टि भएको आरोप लगाए ।
उनले एलआईसी नेपालविरुद्धमा अनेकन प्रमाण रहे पनि कारबाही नहुञ्जेलसम्म गलत क्रियाकलापसहितको भण्डाफोर अभियान जारी रहने जानकारी दिए । आफुले करिव १८ सयभन्दा बढी व्यक्तिलाई बिमा गरेर जम्मा गराएको रकम बीमा कम्पनीका म्यानेजर, सिओ सहितका मिलिमतोमा हिनामिना भएको दावि गर्दै उनले भने,‘ मैले धेरै मेहन्त गरेर १८ सयभन्दा बढी जनाको बीमा गराए, उनीहरुले दिएको प्रिमियम समेत बीमा कम्पनीलाई बुझाए । तर अहिले आएर अधिकांशको खातामा रकम जम्मा गरिएको छैन । जम्मा गरिएको रकम म्यानेजर, सिओ सहितले हिनामिना गरीदिए । अहिले आएर सबै बीमितको रकम आफ्नो खेत बेचेर फिर्ता गर्नुपर्ने वाध्यताकम अवस्थामा छौ । त्यसकारण न्यायका लागि सरोकारवाला निकाय,मानव अधिकारीकर्मी तथा संचारकर्मीलाई आग्रहा गरिरहेकाछौ ।’

सम्बन्धित खबर