LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । पछिल्लो केहि दिन यता जनकपुरधाममा अटो रिक्सा चोरीको घटनामा वृद्धि भएको छ ।
बुधवार राती मात्रै जनकपुरधाम उपमहानगरपालिका –१६ कपिलेश्वरको हनुमानथानबाट स्थानीय अकबर साफीको ना३ स २२५० नम्बरको अटो रिक्सा चोरी भएको छ । घर अगाडी नै विद्यृतीय चार्जका लागि राखिएको उक्त रिक्सा मध्यरातीमा चोरी भएको पीडितले बताए ।

केहि दिन अघि जनकपुरधाम– ४ कटैया चोरीमा चार्जका लागि राखिएको एक अटो रिक्सामा अज्ञात समुहले आगजनी गरेका थिए । दुई दिन अघि मात्रै जनकपुरधामको विभिन्न स्थानबाट ४ वटा अटो रिक्सा चोरी भएको थियो ।

अटो रिक्सा चोरीको घटना वृद्धि भएपछि दैनिक अटो रिस्का चलाएर घरपरिवारको जीविका चलाउने सर्वसधारण मदजुर मारमा परेका छन् । कमाईको एक माध्यम रिस्का रहेकोले र त्यो रिक्सा नै चोरी भएपछि ति परिवारहरुको बिच्चलीमा पर्ने गरेका छन् ।

ऋण, सापटी गरेर अटो रिक्सा खरिद गरेका मजदुरहरु अटो रिक्सा नै चोरी भएपछि झन समस्यामा पर्ने गरेका छन् । यो विषयमा प्रहरी प्रशासनले वडाहरुमा गस्ती बढाउनुपर्ने पीडितहरुको भनाई छ ।

सम्बन्धित खबर