LIVE
रामकलेवासँगै रामजानकी विवाहपञ्चमी महोत्सव सम्पन्न (फोटो फिचर) | भोलि सम्पन्न हुदै सताव्यापी विवाहपञ्चमी महोत्सव | जनकपुरधाम विवाहपंचमी महोत्सवको रौनक | प्रहरी प्रशासनसँग मिलेर भुमाफियाहरुले आफ्नो बस्ती उजार गर्न खोजे ः लादोबेलावासी | गढीमाईको सुरक्षा अवस्था बुझ्न गृहमन्त्री गृहमन्त्री लेखक मेलामा | विवाहपञ्चमी महोत्सव अन्तर्गत तिलकोत्सव सम्पन्न | अयोध्याबाट हिडेका जन्ती टोली आज जनकपुरधाम पुग्दै, आज धनुष यज्ञ | ठोकिएर मृत्यु भएका सशस्त्र प्रहरी सई यादवको विषय प्रदेश स्तरीय सुरक्षा वैठक | धनुषाधाम १ ः काँग्रेसले गुमायो विरासत, माओवादी केन्द्रले काँग्रेसको किल्लामा गाड्यो झण्डा | धनुषासहित मधेश प्रदेशमा उपनिर्वाचन शान्तिपुर्ण सम्पन्न |

जनकपुरधाम । धनुषाको बघचौडामा आयोजित सात दिवसीय फिरन बाबा स्मृति खुल्ला भलिबल प्रतियोगिताको दास्रो संस्करण आज सम्पन्न भएको छ ।
बैशाख १ देखि स्थानीय स्कुलको परिसरमा आयोजना गरिएको उक्त प्रतियोगिताको आज शनिबार भएको फाईनल खेलमा बाराको भलिबल टिमले प्रथम स्थान प्राप्त गर्न सफल भएको छ । बाराको टिममले लगातर तीन सेट जीतेर बघचौडाँका महाविर युवा क्लव टिमलाई हराउँदै प्रथम पुरस्कारमाथि कब्जा जमाउन सफल भएका थिए । प्रथम विजेता बारा टिमलाई मेडलसहित १ लाख ११ हजारको पुरस्कार प्रदान गरिएको छ ।
त्यसैगरि, प्रतियोगिताका उपबिजेता बघचौडाँका महाविर युवा क्ल्वलाई मेडलसहित ५५ हजार र तृतिय हुने टोकी भलिबल टिमलाई मेडलसहित २५ हजार राशिको पुरस्कार प्रदान गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका संघीय सासद मनिष झाको हजुर बुबा फिरन झाको स्मृतिमा नव मिथिला फाउडेशनले उक्त प्रतियोगिताको आयोजना गर्दै आएको छ । विजेता खेलाडीहरुलाई मधेश प्रदेशका प्रदेश सभामुख रामचन्द्र मण्डल, सासद मनिष झा, मधेश प्रदेशका पुर्व मुख्यमन्त्री तथा फुटबल संघ मधेश प्रदेशका अध्यक्ष ज्ञानेन्द्र कुमार यादवसहितले मेडल तथा पुरस्कार वित्तरण गरेका थिए ।


पुरस्कार वित्तरण कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख मण्डलले विजेता खेलाडी तथा आयोजक संस्थालाई प्रशंसा समेत गरे । विश्वमा आफ्नो देशलाई पहिचान दिलाउने माध्म खेलकुद भएकोले यसमा तीनै तहको सरकारको लगानी आवश्यक रहेको बताए ।
कार्यक्रममा सासद झाले कुनै समय भलिबल खेलमा आफ्ना गाउँ अब्बल रहेपनि कलान्तरमा युवा वैदेशिक रोजगार तर्फ पलायन भएपछि खेलकुल प्रति युवाहरुको आकर्षण घट्दै गएकोले खेलप्रति युवाहरुको आकर्षण बढाउन प्रतियोगिताको आयोजना गरिएको बताए ।

आफ्ना हजुरबुबा समेत भलिबलको खेलाडी रहेको उल्लेख गर्दै सासद झाले भने,‘ यस्ता प्रतियोगिताहरुलाई निरन्तरता दिदै गएको खण्डमा पुनः युवामा खेलकुदप्रति आकर्षण बढ्ने छ ।’
पुर्व मन्त्री यादवले खेलकुदको विकासको लागि तीनै तहको सरकार गम्भिर हुने पर्ने बताए । नव मिथिला फाउडेशनका अध्यक्ष अमित साहले प्रतियोगितामा विभिन्न २२ वटा टिमले सहभागि भएको बताए ।

सम्बन्धित खबर