LIVE
गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ |

जनकपुरधाम । नागरिकता सम्बन्धी मुद्दामा तीनदेखि प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया समुहका अध्यक्ष कैलास सिरोहियालाई भेट्न नेपाली काँग्रेसका पुर्व उपसभापति बिमलेन्द्र निधीसहित विभिन्न पार्टीका नेताहरु जिल्ला प्रहरी कार्यालय धनुषा पुगेका छन् ।

प्रहरी हिरासतमा रहेका सिरोहियालाई भेट्न विहिवार नेता निधी जिल्ला प्रहरी कार्यालय पुगेका हुन् । जिल्ला अदालत धनुषाले हिजो बुधवार नागरिकता विवादमा सिरोहियालाई तिन दिन थुना राखि अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरमै नेता निधीले वर्तमान गृह मन्त्री रवि लामिछाने प्रतिषोध साध्न सिरोहियामाथि झुठो मुद्दा लगाई पक्राउ गर्न लगाएको आरोप लगाए । सिरोहियामाथि लगाइएका आरोपहरू निराधार र त्रुटिपूर्ण रहेको पुर्व गृह मन्त्री समेत रहेका नेता निधीले दावि गरे ।
व्यवस्थापकीय र कानुनी त्रुटिका कारण नागरिकतामा तिथिमिति फरक देखिएको हुन सक्ने उल्लेख गर्दै उनले भने,‘ उहाँ हाम्रो छिमेकी हो । जनकपुरमा हाम्रो घर उहाँको घर नजिकै छ । उहाँको बुबा घासीराम सिरोहिया र मेरो बुबा महेन्द्र नारायण निधीदेखि नै हाम्रो परिवारिक सम्बन्ध रहेको छ । त्यसकारण उहाँ कुनै विदेशी नागरिक होईन । उहाँ खाटी नेपाली हुन् । उहाँको नागरिकतामा शंका गर्नेहरुमाथि मेरो शंका छ ।’
सहकारी ठगी प्रकरणमा संलग्न रहेको भनिएका गृहमन्त्री रवि लामिछानेबारे कान्तिपुरले प्राथमिकता दिएर समाचार प्रकाशन गरेपछि बदलाको भावनाले सिरोहियालाई पक्राउ गर्न लगाइएको नेता निधीले बताए ।

उनले सहकारी ठगि प्रकरणमा गृह मन्त्री लामिछानेमाथि छानिबिन, कैलास सिरोहियाको रिहाई सहितका माग लिएर काँग्रेसले सदनदेखि सडक सम्म आन्दोलन गर्ने बताए । सरकारको तानाशाही र राज्यलाई कब्जा गर्ने प्रवृत्तिविरूद्ध लड्न कांग्रेस तयार रहेको उनले बताए ।

यस अघि बिहिवार विहानै नेकपा एमालेकी नेतृ तथा पुर्व मन्त्री जुली कुमार महतोले सिरोहियासँग जिल्ला प्रहरी कार्यालयमै गएर भेटघाट गरेकी थिईन । नेतृ जुली सिरोहियासँग परिवारिक सम्बन्ध रहेकोले भेटघाट गर्न जिल्ला प्रहरी कार्यालय धनुषामा पुगेको बताईन ।

उनले भनिन,‘ सिरोहिया जि सँग परिवारिक सम्बन्ध हो, अर्को उहाँ हाम्रो निर्वाचन क्षेत्रका पनि हुनुहुन्छ । त्यस हिसाबले पनि उहाँलाई भेट्न गएकी हुँ ।’ के कुरा भयो भने प्रश्नमा उनले भनिन्,‘ हाम्रो खासै कुरो भएन । उहाँ प्रहरी हिरासतमा हुनुन्छ । उहाँको विषय अदालतमा रहेकोले केहि बोल्नु उचित हुदैन होईन ।’

नेकपा एकिकृत समाजवादी पार्टीका नेता रामचन्द्र झापनि सिरोहियालाई भेटन जिल्ला प्रहरी कार्यालय धनुषा पुगेका थिए ।

सम्बन्धित खबर