LIVE
बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित |

जनकपुरधाम । कक्षा ११ मा अध्यनरत १८ वर्षीया नितु रायलाई प्रजन्न स्वास्थ्य वारे खासै जानकारी थिएनन्।  धनुषा शहिद नगर नगरपालिका–४ घर भएकी राय भन्छिन्,‘ प्रजन्न स्वास्थ्यको वारेमा कक्षामा समान्य जानकारी मात्रै पाएको थियो । तर सपोर्ट नेपालले आयोजना गरेको यो पाँच दिनको तालिममा यौन शिक्षा, प्रजन्न स्वास्थ्य, बालबिवाह, लैङ्गिक हिंसा लगायतका विषयमा विस्तृत जानकारी पाउँदा खुसी लागेको छ ।

तालिम सहभागि शहिद नगर नगरपालिका–४ का विनय साह भन्छन,‘ विद्यालयमा यौन शिक्षा, प्रजन्न स्वास्थ्य लगायतका विषयमा शिक्षकहरु त्यति खुलेर पढाउदैनन् । विद्यार्थीभन्दा सरहरु नै यो विषय पढाउदाँ लाच मान्नु हुन्छन् । त्यसकारण विद्यार्थीहरुलाई यो विषयमा खासै जानकारी हुदैन । यो तालिममा यौन शिक्षा, प्रजन्न स्वास्थ्यमा वारेमा जानकारी पाएपछि लाग्छ, हाम्रो समाजमा रहेको संकुचित मानसिकता हटाउन हामी युवाहरुले नै पहल गर्नुपर्छ ।’


राय र साहको भनाई जस्तै तालिम सहभागि रहेका अन्य बालबालिका तथा किशोर किशोरीको छ । प्लान इन्टनेश्नलकोे आर्थिक तथा प्राविधिक सहयोगमा संचालित सश्क्त बालिका परियोजना अन्तरगत सपोर्ट नेपाल ले धनुषाको सहिद नगर नगरपालिका र कमला नगरपालिकामा यस्ता तालिमहरु संचालन गर्दै आएको छ ।
किशोर अवस्थामा युवायुवतीमा आउने शारीरिक परिवर्तन, वालबिवाह,सुरक्षीत गर्वपतन, प्रजन्न स्वास्थ्य लगायतको बिषयमा तालिममा बालबालिका तथा किशोर किशोरीहरुलाई विस्तृत रुपमा जानकारी दिने गरिएको परियोजना संयोजक त्रिलोक कुमार मण्डलले बताए ।
तालिममा १६ देखी २४ वर्ष सम्मका २५ जना किशोर किशोरीहरुको सहभागिता रहेको परियोजना अधिकृत उजवल नारायण यादवले बताए ।

उनका अनुसार पिरियोजना अन्तरगत गठन गरिएको सिओसी का बालबालिका तथा किशोर किशोरीलाई सहभागी गराइएको छ ।
सशक्त बालबालिका परियोजना अन्तर्गत नै मे २८ अर्थात अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा धनुषा शहिदनगर नगरपालिकाका महिलाहरुलाई महिनावारी तथा प्रजन्न स्वास्थ्य सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

कार्यक्रममा महिलाहरुलाई महिनावारी हुदा अपनाउनु पर्ने सावधानी ,खानपानको विषयमा जानकारी गराइएको परियोजन संयोजक मण्डलले बताए । सो अभिमुखिकरण कार्यक्रममा २५ भन्दा बढी महिला तथा किशोरीहरुको सहभागिता रहेको थियो । परियोजना अधिकृत उजवल नारायण यादवले भने,‘ परियोजनमा गर्भ अवस्थादेखि वृद्ध सम्म विभिन्न रुपमा जोडिएको छ र्।

‘गर्भ अवस्थामा हुदाँ आमाहरुलाई प्रजन्न स्वास्थ्य,गर्भवती अवस्थामा अपनाउनुपर्ने सावधानी तथा खानेपानको वारेमा जानकारी गराउछौ,उनले भने,‘बालबालिका तथा किशोर किशोरीलाई यौन शिक्षा, प्रजन्न स्वास्थ्य, बालबिवाह,अधिकार लगायतका विषयमाजानकारी गराउँछौ ।’ त्यसैगरि, परियोजना अन्तर्गत नै सदभाव कार्यक्रम मार्फत टोल समाज, अभिभावहरुलाई जोडने कार्यक्रम संचालनमा रहेको उनले बताए ।

सम्बन्धित खबर