जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषा अगाडी प्रर्दशन गरेका मिटर व्याजीपीडित माथि प्रहरीले लाठि चार्ज गरेको छ ।
आफ्ना साथिहरुलाई कुटपिट गर्ने साहु महाजन विरुद्ध जाहेरी दर्ता गरि कानुनी कारवाहीको प्रक्रिया अगाडी माग गर्दै प्रदर्शन गरिरहेका मिटरव्याजी पीडितहरु माथि प्रहरीले सोमवार दिउँसो लाठी चार्ज गरेको छ ।
मिटर व्याजी तथा ठगि विरुद्ध किसान मजदुर संघ धनुषाका अध्यक्ष राजाराम यादवका अनुसार धनुषाको बटेश्वर गाउँपालिका–५ बस्ने साहु सुबोध साहले ऋणी सुलेखा महरा, तेतरी महरा र नरेश यादवलाई गुण्डा लगाएका एक सप्ताह अघि कुटपिट गराएका थिए । सो घटनालाई लिएर पीडितहरु जिल्ला प्रहरी कार्यालय धनुषामा साह विरुद्ध जाहेरी दर्ताको लागि निवेदन दिएका थिए । तर प्रहरी जाहेरी दर्ता गर्न पटक–पटक ताकेता गर्दा पनि नमानेपछि आफुहरुले विरोध प्रदर्शन गर्दा प्रहरीले लाठि चार्ज गरेको अध्यक्ष यादवले आरोप लगाए ।
प्रहरीको लाठि चार्जबाट २० जना घाईते भएको उनले बताए । घाईते मध्यमे बिमला देवि महरा, दयाली देवि पासवान , जुमिया देवि दास, सुबेदा खातुनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको छ । पीडितलाई न्याय दिनुको साट्टो धनुषा प्रहरीले पीडकहरुलाई नै संरक्षण गरिरहेको आरोप लगाउँदै राप्रपाका नेता तथा मिटर व्याजी पीडितरामनरेश यादवलेबताए ।
प्रहरीले आफ्ना मिटर व्याजी पीडित मिथिला विहानर नगरपालिका प्रमोद यादव, बटेश्वर गाउँपालिकाका नरेश यादव, जनकपुरधामका राजकुमार पुर्वे, लक्ष्मण साह र सबैला नगरपालिकाका परुषोत्म चौधरीलाई समेत पक्राउ गरेको थियो । उनीहरुलाई साँझ प्रहरीले छोडेको छ ।