LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । मधेश प्रदेशकी गृह संचार तथा कानुन मन्त्री बिमला अन्सारीले प्रदेशमा बढ्दै गएको लागु औषध दुरुपयोग तथा ओसारपोसार रोक्न प्रदेश सरकारले गम्भिरतापुर्वक लागेको बताएका छन् ।

लागु औषध दुरुपयोग तथा ओसारपोसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा बुधवार जनकपुरधाममा गृह संचार तथा कानुन मन्त्रालयले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अन्सारीले यस्तो बताएकी हुन् । पछिल्लो केहि वर्ष यता मधेश प्रदेशसहित देशभरि लागु औषध दुर्वयसनी ठुलो समस्याको रुपमा देखिएको उल्लेख गर्दै गृह मन्त्री अन्सारीले त्यसलाई नियन्त्रण गर्न प्रदेश सरकार हरेक सम्भव प्रयास गरिरहेको बताईन ।

लागु औषध दुर्वयसनीले देशका कर्णधार भनिएका युवायुवतिहरुको भविष्यमा संकटमा पर्ने खातरा रहेको उल्लेख गर्दै गृह मन्त्री अन्सारीले भनिन्,‘ प्रदेश सरकारले एक्कलैले लागु औषधको दुर्वयसनी रोक्न सक्दैनन्, त्यसमा प्रहरी प्रशासनका साथै अभिभावक, शिक्षक, विद्यार्थी तथा हरेक तह तप्काबाट सहयोग आवश्यक छ ।’ प्रदेशमा लागु औषध दुरुपयोग तथा ओसारपोसारको अवस्था चिन्ताजनक रहेको बताउँदै गृह मन्त्री अन्सारीले भनिन्,‘ लागु औषधको लत ठुलो समस्या हो । यसले हत्याहिंसा, चोरीडकैती, बलात्कार जस्ता अपराधिक घटनाहरु निम्तयाउने गरेको छ । त्यसकारण यो विषयमा हामी सबैले गम्भिर हुनै पर्छ ।’

औषध दुरुपयोग तथा ओसारपोसार रोक्न प्रदेश सरकारले जनचेतनामुलक कार्यक्रमदेखि लागु औषधको लतमा लागेकाहरुलाई सुधार गर्ने किसिमका योजनाहरु ल्याएको गृह मन्त्री अन्सारीले बताईन । खुल्ला सिमानाका कारण लागु औषधको ओसारपोसार बढी रहेकोले त्यसलाई नियन्त्रण गर्न गृह मन्त्री अन्सारीले प्रहरी अधिकारीहरुलाई निर्देशन समेत दिईन ।

कार्यक्रममा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पुर्व गृहराज्यमन्त्री रिजवान अन्सारी, प्रदेशका गृह संचार तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्र कुमार यादवसहितका वक्ताहरुले मन्तव राखेका थिए । कार्यक्रममा विद्यार्थी, अभिभाव,शिक्षकसहित विभिन्न संघसंस्थाका प्रतिनिधीहरु सहभागिता रहेको थियो ।

सम्बन्धित खबर