LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । धनुषामा मोटरसाइकलले ठक्करले एक युवकको मृत्यु भएको छ ।
जिल्लाको शहिदनगर नगरपालिका–४ ननुपट्टीका अब्दुल राईनका १८ वर्षीय छोरा अख्तर राईनको मोटरसाईकलको ठक्करले मृत्यु भएको हो ।
सोमबार साँझ धनुषाको महिनाथपुर–बीरेन्द्रबजार सडकखण्डको शहिदनगर नगरपालिका– ३ यदुकूहास्थित यदुकूहाबाट हठिपुरतर्फ साईकलमा गईरहेका अख्तरलाई तीव्र गतिमा रहेको मधेश प्रदेश ०२–००६ प ८५७५ नम्बरको मोटरसाईकलले पछाडिबाट ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते अख्तरको उपचारको लागि जनकपुर ल्याउँदै गर्दाबाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक शहिदनगर नगरपालिका– ३ यदुकूहाका १९ वर्षीय असरफ आलम गम्भीर घाइते भएका छन् । मृतक अख्तरको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सम्बन्धित खबर