LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । हत्या गरिएका धनुषाका भोगेन्द्र ठाकुरको शवसहित मिटरब्याज पीडितहरु आज जनकपुरधाममा प्रदर्शन गरेका छन् ।
ठाकुरको कुटपिट नभई मिटर व्याजीकै योजनामा हत्या भएको भन्दै उनीहरुले शव लिएर बिहिवार जनकपुरधामको विभिन्न स्थानमा प्रदर्शन गरेका छन् । ं
मिटरब्याजी ठाकुरकै गाउँले शिवजी यादवको योजनामा ठाकुरको हत्या भएको तथा यादवलाई तत्काल पक्राउ गरि कानुनी कारर्वाही अगाडी बढाउनुपर्ने माग गर्दै सयौको संख्यामा मिटरब्याज पीडितहरु मंगलवारदेखि नै शव राखिएको ठाउँ जनकपुरधामको स्वर्गद्वारीमा धर्ना दिदै आएकोको थियो ।

मंगलवार र बुधवार सम्म प्रहरीले साहु शिवजी यादवलाई पक्राउ गर्न नसकेपछि उनीहरुले बिहिवार टयाक्टरमा शव राखेर राम चोक जनक चोक, भानु चोक, रामानन्द चोक, मिल्स ऐरिया हुदै मुख्यमन्त्री कार्यालय अगाडी पुग्ने प्रयास गरेका थिए । तर प्रहरीले रोकपछि मुख्यमन्त्री कार्यालय नजिकै शव सहित धर्ना दिएर सरकार विरुद्ध चर्को नारावाजी समेत गरेका थिए । अहिले उनीहशरु श्व लिएर पुनः स्वर्गद्वारीमा पुगेर धर्ना दिएका छन् ।

गत सोमवार दिउँसो जिल्लाको धनुषाधाम नगरपालिका–२, मङ्गलपुरका ४५ वर्षिय भोगेन्द्र ठाकुर र उनकी श्रीमति श्यामु देवि ठाकुर र छिमेकी सुर्जिदेवी मुखिया, नागेश्वर मुखिया र मुकेश मुखिया बीच झण्डामा भएको थियो । झगडाको क्रममा मुखिया पक्षले कोदालो र फलामको डण्डीले प्रहार गर्दा भोगेन्द्रको घटना स्थलमै मृत्यु भएको थियो भने उनकी श्रीमति श्यामु गम्भिर घाईते भएकी थिईन । श्यामुको शरिरको विभिन्न भागका धारिलो हतियार प्रहार गरिएकोले उनको ४७ वटा टाका लागेको छ । अहिले श्यामुको उपचार जनकपुरस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेका प्रादेशिक अस्पतालमा भईरहेको छ ।

प्रहरीले ठाकुर हत्याको आरोपमा प्रहरीले स्थानीय सुर्जिदेवी मुखिया, नागेश्वर मुखिया र मुकेश मुखियालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाको प्रवक्ता रञ्जन अवाले जानकारी दिए । उनले घटनाको सुक्षम तरिकाले अनुसन्धान भईरहेको बताए ।

प्रहरीले भने किटानी जाहेरी दिएको खण्डमा सोही अनुसार हत्याको अनुसन्धान अगाडी बढाउन बताउँदै आएको छ । तर मिटरब्याज पीडितले भने पहिला साहु शिवजीलाई पक्राउ गरि घटना अनुसन्धानको लागि उच्च स्तरीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै आएको छ ।

यता, भोगेन्द्र ठाकुरको हत्या पश्चात प्रदेश भरिका मिटर व्याजी पीडितहरु सक्रिया भएको छ । उनीहरुले स्थानीय साहु शिवजी यादवको योजनामा ठाकुरको हत्या गरेको आरोप लगाउँदै आन्दोलित भएका छन् ।


उनीहरुले शव आफ्नो नियन्त्रणमा लिई दाहसंस्कार नगरि आन्दोलनमा उत्रेका छन् । उनीहरुले साहु शिवजी यादवलाई पक्राउ नगरिए सम्म शवको दाहसंस्कार गर्ने अडानमा रहेका छन् । साहु शिवजी अहिले फरार रहेका छन् ।

मिटर व्याजी विरुद्धको संघर्ष समिति धनुषाका संयोजक दिपनारायण यादवका अनुसार ठाकुरले केहि वर्ष अघि आफु बस्दै आएको जग्गा खरिद गर्न साहु शिवजी यादवसँग ३ लाख रुपैयाँ ऋण लिएका थिए । ऋण दिए वापत साहु शिवजीले ठाकुरको उक्त जग्गा आफ्नो नाउँमा नामसारि गराएका थिए । सोही जग्गामा ठाकुरले समान्य फनिचरको उद्योग खोेलेर जीविका चलाउदै आएका थिए ।

संयोजक यादवका अनुसार ठाकुरले ऋण वापत साहु विशजीलाई दुई पटक गरि ९ लाख रुपैयाँ बुझाएका पनि थिए । तर साहु शिवजीले ठाकुरसँग ऋण वापत १२ लाख दिएपछि मात्रै जग्गा फिर्ता गरिने भन्दै आएका थिए । पछि भोगेन्द्रले गत वैशाखमा साहु विशजी विरुद्ध अनुचित लेनदेनको जाहेरी जिल्ला प्रहरी कार्यालय धनुषामा दिएका थिए ।

ठाकुरको जाहेरीको अधारमा साहु विशजी विरुद्ध अनुचित लेनदेन मुद्दा समेत चलाएका थिए । तर जिल्ला अदालत धनुषाले साहु विशजीकै हकमा फैसला सुनाएपछि उनले ठाकुरलाई घर खाली गर्न दवाव दिदै आएका थिए । आफुलाई अदालत सम्म पुर्याएकोमा आक्रोसित भएका साहु विशजीले गाउँकै आफ्ना नजिक व्यक्तिहरुलाई प्रयोग गरेर हत्या गराएको संयोजक यादवले आरोप लगाए ।

साहु शिवजीको रोहबरमा घटना भएको बताउँदै उनले भने,‘ ठाकुरको हत्या शिवजीकै योजनामा गराईएको हो । त्यसका विभिन्न अधारहरु छन् । पनि प्रहरीले साहुलाई पक्राउ नगरि उन्नमुक्ति दिन खोजेको छ ।’

मिटर व्याजी विरुद्ध संर्घष समितिका केन्द्रि सदस्या तथा अनुशासन समितिका संयोजक मोजिम राईनले ठाकुरको हत्यामा संलग्न रहेकाहरुलाई कानुन दायरा नल्याए सम्म आफुहरुले दाहसंस्कार नगर्ने बताए । मिटर व्याजी साहु महाजनहरुको अत्याचार बढ्दै गएको दावि गर्दै उनले भने,‘यो पहिलो घटना होईन, यस्ता कयौ घटनाहरु भएको छ । त्यसकारण हामीले ठाकुर परिवारले न्याय नपाए सम्म हामी लाग्दैनौ ।’

दैनिक साहु महाजनहरुले ऋणीहरुलाई धाकधम्की दिने, वेईजत गर्ने । प्रहरीमा उजुरी दिदा समयमा सुनाई नहुने यस्ता घटनाहरु भईरहेको उल्लेख गर्दै उनले भने,‘साहु महाजनहरुले ऋणीको पैसा पनि लिने र ज्यान पनि लिने यस्तो घटना हाम्रो देशमा भईरहेको छ । तर सरोकारवाला निकाय पुजिपतिवालाहरुलाई संरक्षण दिने गरेका छन् ।’

 

सम्बन्धित खबर