LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । लामो समयदेखि संदनमा अड्केको प्रदेश खेलकुद सम्बन्धि विधेयक सभाबाट पारित भएपछि खेलकुद तथा समाज कल्याण मन्त्रालयले आज दिपावली मनाएको छ ।

प्रदेशका खेलकुद तथ समाज कल्याण मन्त्री प्रमोद जयसवालले शुक्रवार साँझ पत्रकार सम्मेल गरि लामो समयदेखि अड्केको खेलकुद विद्ययेक पारित भएको खुसीमा दिपावली बनाउन सबै खेलाडी तथा खेलकुद प्रेमिलाई आग्रहा गरेका छन् । अन्य प्रदेशहरुले पहिला नै खेलकुद ऐन ल्याई खेलकुदमा राम्रो प्रगति गरेपनि मधेश प्रदेशमा भने आफु आएदेखि उक्त विद्येयक पारित गराउन सक्रिय रुपमा लागेको मन्त्री जयसवालले दावि गरे ।

उनले प्रदेश खेलकुद ऐन पारित भएको दिन अर्थात २८ भदौको दिनलाई अगामि आर्थिक वर्षदेखि प्रदेश सरकारले प्रदेश खेलकुद दिवसको रुपमा बनाउने गरि आफुले क्याबिनेटमा प्रस्ताव लगिने बताए । खेलकुद सम्बन्धि कानुन बनेपछि प्रदेशको गौरव र गरिमा बढेको उल्लेख गर्दै मन्त्री जयसवालले भने,‘ अव प्रदेश सरकारले खेलकुद र खेलाडीलाई प्राथमिकतामा राखेर नयाँ कार्यक्रमहरु ल्याउने छन् ।’ खेलकुदको पुर्वाधार, प्रतियोगिता, प्रतिभा पहिचान, प्रशिक्षण र खेलाडी प्रोत्साहनको क्षेत्रमा प्रदेश सरकरले गम्भिरतापुर्वक कार्य गर्ने मन्त्री जयसवालले बताए ।

खेलकुदको विकासले केहि हद सम्म बेरोजगारी समस्या समाधान हुनुको साथै युवाहरुमा देखिएको लागु औषधप्रति बढ्दै गएको नकरात्मक धारणा कम हुदै जाने उनले बताए । पत्रकार सम्मेलनमा खेलकुद मन्त्रालयका सचिव चुडामणि फुयाल, मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिल कर्णसहितको सहभागिता रहेको थियो ।

यसैबीच, प्रदेश आज बसेको प्रदेश सभाबाट प्रदेश खेलकुद विद्येयक सर्वसहमत पारित भएको छ । खेलकुद तथा समाज कल्याण मन्त्री जयसवालले आज शुक्रवार बसेको प्रदेश सभाको वैठकमा उक्त खेलकुद विद्येयक प्रस्तुत गरेका थिए ।

सम्बन्धित खबर