LIVE
मासूम बालक बने मानवताको उदाहरण, नेपालका बाढीपीडितलाई सहयोग गर्न आफ्नै गुल्लक हस्तान्तरण | भोटेकोशी बाढीपीडितका लागि हमीद रेजाद्वारा ५ लाख सहयोग | भोटेकोशी बाढीपीडितलाई रविउन नुर कमिटीको पहलमा झण्डै पाँच लाखको राहत | कम लागतमा बढी आम्दानी : धनुषाका किसानलाई कृषि व्यवसायमा जोड्ने पहल | जलेश्वर कारागारका कैदीबन्दीद्वारा प्रधानमन्त्री विपद् राहत कोषमा १ लाख जम्मा | श्रीमानको फोनको प्रतिक्षामा पुजा साह | भोटोकोशिमा आएको बाढी कारण मधेश प्रदेशमा १६२ जना अझै वेपत्ता | नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली |

जनकपुरधाम । तिव्र गतिका कारण अधिकांश सवारी दुर्घटना हुने गरेको एक तथ्याङ्कले देखाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले आईतवार आयोजना गरेको पत्रकार सम्मेलनमा सार्वजनिक गरेको प्रतिवेदनमा अधिकांश सवारी दुर्घटना तिव्र गतिका कारण हुने गरेको उल्लेख छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक हरिवहादुर वलीका अनुसार गत आर्थिक वर्ष २०८०÷०८१ मा धनुषका भरिमा १५ सय सवारी दुर्घटना भएकोमा ६० प्रतिशत दुर्घटना तिव्र गतिका कारण भएको पाईएको बताए । त्यसैगरि, १४ प्रतिशत सवारी दुर्घटना चालकको लापर्वाही, बाँकी दुर्घटना विविध कारणले हुने गरेको तथ्याङ्कमा उल्लेख छ ।

प्रति घण्टा ३० किलोमिटरको गतिमा हिडि रहेको सवारीसाधनसँग पैदल यात्रि थोकियो भने उक्त घटनामा मृत्यु हुने सम्भावना एक प्रतिशत मात्र रहेको निरीक्षक वलीले बताए । त्यसैगरि, प्रति घण्टा ६० किलोमिटरको गतिमा हिडने सावरीले तोकिएमा मृत्यु हुने सम्भावना ५० प्रतिशत र प्रति घण्टा ७० किलोमिटर भन्दा माथिको गतिमा गुडि रहेको सावरीमा तोकिदाँ मृत्युको सम्भावना ९९ प्रतिशत रहेको उनले बताए ।

गत आर्थिक वर्षमा १ हजार ५ सय सवारी दुर्घटना हुदाँ ७४ जनको मृत्यु भएको थियो भने चालु आर्थिक वर्षको २ महिनामा सवारी दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको उनले बताए । गत आर्थिक वर्षको यही अवधिमा १४ जनाको मृत्यु भएको ट्राफिक प्रहररीको तथ्यांकमा उल्लेख छ । अर्थात वर्षभन्दा चालु आवामा सवारी दुर्घटनामा ६४ प्रतिशतले कमि आएको छ ।

सवारी दुर्घटना न्युनिकरण गर्न आफुहरुले ट्राफिक सम्बन्धि जनचेतनामुलक कार्यक्रम, विभिन्न ठाउँमा ट्राफिक नियम सम्बन्धि सांकेतिक बोर्डहरु तथा चेकचाजा कडाई रहेको उनले बताए । चालु आवाको २ महिनामा ५ हजार २४५ वटा सवारीलाई ट्राफिक कारर्वाही गरी ४० लाख ९२ हजार जरिवाना राजस्व संकलन भएको उनले बताए । सवारी दुर्घटना न्युनिकरण ट्राफिक प्रहरीले एक्कैले चाहेर मात्र नभई चारै तिरबाट पहल हुनुपर्ने उनले बताए ।

सम्बन्धित खबर