LIVE
मासूम बालक बने मानवताको उदाहरण, नेपालका बाढीपीडितलाई सहयोग गर्न आफ्नै गुल्लक हस्तान्तरण | भोटेकोशी बाढीपीडितका लागि हमीद रेजाद्वारा ५ लाख सहयोग | भोटेकोशी बाढीपीडितलाई रविउन नुर कमिटीको पहलमा झण्डै पाँच लाखको राहत | कम लागतमा बढी आम्दानी : धनुषाका किसानलाई कृषि व्यवसायमा जोड्ने पहल | जलेश्वर कारागारका कैदीबन्दीद्वारा प्रधानमन्त्री विपद् राहत कोषमा १ लाख जम्मा | श्रीमानको फोनको प्रतिक्षामा पुजा साह | भोटोकोशिमा आएको बाढी कारण मधेश प्रदेशमा १६२ जना अझै वेपत्ता | नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली |

जनकपुरधाम । प्रत्येक यसवर्ष मंसिरको शुक्लपक्ष तिथिमा मनाइने सीताराम विवाह पञ्चमी महोत्सव अन्तर्गत तोस्रो दिन आज मंगलवार धनुष यज्ञ मनाईदै छ । दोस्रो जानकी मन्दिरकै छेउमा रहेको विवाहमण्डपमा फूलबारी लीला सम्पन्न भएको थियो ।

त्रेतायूगमा मिथिलाका राजा जनककी बेटी सीता र अयोध्याक नरेशश दशरथका ज्येष्ठ सुपुत्र भागवान राम बीच भएको विवाहको स्मरणमा मनाईने विवाह महोत्सवमा यस वर्ष भारतबाट साधुसन्तसहितको ५ सयको जन्ती आज जनकपुर पुग्दैछन् । भारतको अयोध्याबाट बाजागाजा तथा झाँकी सहित हिँडेका साधुसन्तसहितको जन्ती टोली सोमवार राती नै नेपाल भएपनि आज जनकपुरधाम पुगेर धनुष यज्ञमा सहभागि हुने कार्यक्रम रहेको छ ।


सोमवार राती नेपाल प्रवेश गरेका जन्तीहरुलाई महोत्तरीका मटिहानी नगरपालिकाले भव्य स्वागत गरेका थिए । राती मटिहानीमै बसेका जन्तीहरुलाई आज विहान जलेश्वर नगरपालिकालले अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । त्यहाँबाट आजै दिउँसो जन्तीसहितको टोली महोत्तरीको पिपरा गाउँपालिकाले आयोजना गरेको दिवाभोजमा सहभागि हुने कार्यक्रम रहेको छ ।

विवाहपञ्चमी महोत्सव अन्तर्गत बुधबार तिलकोत्सव, बिहीबार मटकोर, शुक्रबार स्वयम्बर र शुभविवाह तथा शनिबार रामकलेवासंगै महोत्सवको समापन हुनेछ ।

सम्बन्धित खबर