![](https://factsamachar.com/wp-content/uploads/2024/12/43.jpg)
जनकपुरधाम । प्रत्येक यसवर्ष मंसिरको शुक्लपक्ष तिथिमा मनाइने सीताराम विवाह पञ्चमी महोत्सव अन्तर्गत तोस्रो दिन आज मंगलवार धनुष यज्ञ मनाईदै छ । दोस्रो जानकी मन्दिरकै छेउमा रहेको विवाहमण्डपमा फूलबारी लीला सम्पन्न भएको थियो ।
त्रेतायूगमा मिथिलाका राजा जनककी बेटी सीता र अयोध्याक नरेशश दशरथका ज्येष्ठ सुपुत्र भागवान राम बीच भएको विवाहको स्मरणमा मनाईने विवाह महोत्सवमा यस वर्ष भारतबाट साधुसन्तसहितको ५ सयको जन्ती आज जनकपुर पुग्दैछन् । भारतको अयोध्याबाट बाजागाजा तथा झाँकी सहित हिँडेका साधुसन्तसहितको जन्ती टोली सोमवार राती नै नेपाल भएपनि आज जनकपुरधाम पुगेर धनुष यज्ञमा सहभागि हुने कार्यक्रम रहेको छ ।
सोमवार राती नेपाल प्रवेश गरेका जन्तीहरुलाई महोत्तरीका मटिहानी नगरपालिकाले भव्य स्वागत गरेका थिए । राती मटिहानीमै बसेका जन्तीहरुलाई आज विहान जलेश्वर नगरपालिकालले अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । त्यहाँबाट आजै दिउँसो जन्तीसहितको टोली महोत्तरीको पिपरा गाउँपालिकाले आयोजना गरेको दिवाभोजमा सहभागि हुने कार्यक्रम रहेको छ ।
विवाहपञ्चमी महोत्सव अन्तर्गत बुधबार तिलकोत्सव, बिहीबार मटकोर, शुक्रबार स्वयम्बर र शुभविवाह तथा शनिबार रामकलेवासंगै महोत्सवको समापन हुनेछ ।