LIVE
गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ |

जनकपुरधाम । रामजानकी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज तिलकोत्सव सम्पन्न भएको छ ।

आज बुधवार दिउँसो जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको नेतृत्वको सयौको संख्यामा भक्तजनहरु बजागाजासहित भार लिएर राम मन्दिरमा पुगेका थिए । त्यहाँ राम मन्दिरमा महन्थ राम गिरिले स्वागत गरेका थिए ।

राममन्दिर प्राङ्गमा गुठी संस्थान जनकपुर, राम युवा क्लव र महाविर युवा क्लवले आयोजना गरेको कार्यक्रम आयोजना गरेको तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास सीताको बुवा र राम मन्दिरका महन्थ राम गिरिले भागवान रामको बुवा दरशरथको रुपमा सम्धी मिलान गरेका छन् ।


कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, पुर्व गृहमन्त्री तथा साँसद बिमलेन्द्र निधी, जनकपुरधाम उपमहानगरपालिका मेयर मनोज कुमार साह, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडारिया तथा भारतको अयोध्याबाट जन्ती लिएर आएका विश्व हिन्दु परिषदका महामन्त्री तथा नेपाल पलभारी राजेन्द्र सिंह पंकजसहितको सहभागिता रहेको छ ।

माछामासु तथा मदिरा विक्रि वित्तरणमा प्रतिबन्ध

विवाहपञ्चमीको अवसरमा ३दिनका लागि जनकपुरधाममा माछा–मासु तथा मदिराको बिक्री बितरणमा प्रतिबन्धल लगाएको छ ।
आज १२ रातीदेखि २२ मंसिर राती १२ बजे सम्मको लागि जनकपुरधाममा माछा–मासु र मदिराको बिक्रीवित्तरण नगर्न जिल्ला प्रशान कार्यालय धनुषाले सुचना जारी गरेको छ ।


जनकपुरधाममा प्रवेश गर्ने मुख्यद्धार र सीमाएवं जनकपुरधाम स्थित परिक्रमा र परिक्रमा क्षेत्र भित्र माछा–मासु र मदिराको बिक्रीबितरण, सेवनतथा कारोवार गर्न पुर्ण रुपमा निषेध गरिएको छ । निर्णय विपरित कसैले माछामासु तथा मदिराको विक्रिवित्तरण गरेको पाईएमा प्रचलित कानुन अनुसार कारर्वाही हुने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

 

सम्बन्धित खबर