LIVE
मासूम बालक बने मानवताको उदाहरण, नेपालका बाढीपीडितलाई सहयोग गर्न आफ्नै गुल्लक हस्तान्तरण | भोटेकोशी बाढीपीडितका लागि हमीद रेजाद्वारा ५ लाख सहयोग | भोटेकोशी बाढीपीडितलाई रविउन नुर कमिटीको पहलमा झण्डै पाँच लाखको राहत | कम लागतमा बढी आम्दानी : धनुषाका किसानलाई कृषि व्यवसायमा जोड्ने पहल | जलेश्वर कारागारका कैदीबन्दीद्वारा प्रधानमन्त्री विपद् राहत कोषमा १ लाख जम्मा | श्रीमानको फोनको प्रतिक्षामा पुजा साह | भोटोकोशिमा आएको बाढी कारण मधेश प्रदेशमा १६२ जना अझै वेपत्ता | नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली |

जनकपुरधाम । जनकपुरमा जारी जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको आइतबार भएको मधेस प्रदेश र बागमती प्रदेशबिचको खेलमा बलरहरु हाबी देखिएका छन् । त्यसैले पहिलो दिन आइतबार दुबै टोलीको गरेर कुल १२ विकेट खस्यो । पहिलो दिनको खेल सकिँदासम्म जवाफी ब्याटिङमा ओर्लिएको बागमती प्रदेशले आफ्नो पहिलो पालीमा दुई विकेट गुमाएर ३४ रन बनाएको छ । पहिलो पालीमा मधेस प्रदेशले बनाएभन्दा बागमती प्रदेश अझै ६८ रनले पछाडि छ ।

बागमती प्रदेशका ओपनर आशुतोष घिरैया खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । अर्का ओपनर रित गौतम पनि तीन रनभन्दा अगाडि बढ्न सकेनन् । तेस्रो नम्बरमा क्रिज सम्हाल्न आएका ईशान पाण्डे नौ रन र चौथो नम्बरका ब्याट्सम्यान शुभ कंसाकार २२ रन बनाउँदै क्रिजमा छन् । मधेस प्रदेशका बलर रुपेश सिंह र विशाल पटेलले एक–एक विकेट लिए । त्यसअघि मधेस प्रदेशको टोली आफ्नो पहिलो पालीमा केवल एक सय दुई रन बनाउँदै अलआउट भएको थियो ।

मधेस प्रदेशको टोली ३५.३ ओभरमै अलआउट भएको हो। दुई दिवसीय प्रतियोगितामा मधेस प्रदेशले टस जिति पहिले ब्याटिङको निर्णय लिएको थियो । प्रतिकुल मौसमका कारण निर्धारित समयभन्दा करिब दुई घण्टा ढिलो सुरु भएको खेलमा मधेस प्रदेशका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । कप्तानसमेत रहेका ओपनर हरिशंकर साह चार रन बनाउँदै पेभेलियन फर्किए । उनले १८ बलमा एक चौका हिर्काए । अर्का ओपनर मयान यादबले टोलीको खातामा २१ रन थपे। उनले ३६ बलमा एक छक्का र एक चौका हिर्काए ।

 

तेस्रो नम्बरका ब्याट्सम्यान निरज यादब भने १२ रनभन्दा अगाडि बढ्न सकेनन् । उनले ३५ बलमा एक चौका प्रहार गरे । चौथो नम्बरमा क्रिज समाल्न आएका साहिल पटेल ६ रनमै आउट भए । विकेटकिपर ब्याट्सम्यान हिमांशु दत्त पनि १० रनभन्दा अगाडि बढ्न सकेनन् ।
रुपेश सिंह पनि ६ रन बनाउँदै पेभेलियन फर्किए। सातौं नम्बरमा क्रिज समाल्न आएका विशाल पटेलले टोलीको खातामा १६ रन थपे। उनले ३० बलको सामना गरी एक छक्का र एक चौका पनि हिर्काएका थिए । अभिषेक तिवारीले ११ रन बनाए ।

उनले ४० बलको सामना गरी दुई चौका पनि हिर्काए । प्रदिप पासवान दुई रन बनाउँदै आउट भए । रञ्जित कुमारले शून्य रनमै आउट भए । भुलावन साहनीले दुई रनमा अविजित रहे । मधेश प्रदेशले अतिरिक्त रुपमा पनि १२ रन पायो । बागमती प्रदेशका बलर सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिए । टोलीका कप्तानसमेत रहेका सन्दीपले १४ ओभरमा दुई मेडन राख्दै ४१ रन खर्चिए । सूर्य तामाङले तीन विकेट हात पारे । उनले २.३ ओभरमा केवल सात रन खर्चिए । नन्दन यादब र प्रतिस जीसी पनि एक–एक विकेट लिए ।

 

सम्बन्धित खबर