LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम । अत्याधिक गर्मीका कारण जनकपुरसहित मधेश प्रदेशको जनजीवन चौतर्फी प्रभावित भएको छ ।
विहानैदेखि लाग्ने चर्को घामको कारण घरबाट बाहिर निस्कन पनि सर्वसधारणलाई कठिन हुने गरको छ । जनकपुर विमानस्थलस्थित जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो एक सप्ताहदेखि यस क्षेत्रको तापक्रम दिउँसो ४१ डिग्री.सेल्सियस सम्म पुग्ने गरेको छ ।
गर्मिको कारण वाहिर चहपल गर्नेको संख्यामा समेत कमि आएको छ । भने राजमार्गहरुको सवारीसाधनको संख्यापनि कमि आएको छ । त्यसैगरि, उनीहरु गाउँको चोक चौहरामा रहेको बोटविरुवा छहारीमा बसेर दिन काट्ने गरेको छन् । त्यसैगरि शहरी क्षेत्रका मानिस घरैमै ऐसि, पंखा लगातमा बसेर दिन काट्ने गरेको देखिन्छ । तर गर्मिमा विद्युतको माग माग बढी भई विद्युत आपुर्तिमा समेत समस्या हुने गरेको छ । गर्मिमा विद्युतिको आपुर्ति अनियमित भएको छ ।
बिहानै देखि चर्को घाम लाग्ने र दिउँसो तातो हावा चल्ने गरेकोले जनकपुर, महेद्रनगर, जलेश्वर, सलार्हीको मलगंवा, रौतहटको गौर, पर्साको वीरगंज लगायतका बजारमा किनमेल गर्न आउनेको संख्यामा कमि आएको छ ।
गर्मिक अत्यधिक भएकोले दिउँसो बजारमा सर्वसाधारणको चहल पहलमा निकै कमी आएको छ । मध्यान्हको समयमा प्राय जनकपुर बजार सुनसान देखिन्छ । व्यापारीहरुको अनुसार गर्मीका कारण ग्राहकको संख्यामा कमि आएको छ । नेपाल शु सेन्टरका संचालक मोहम्मद इतियाक राईनले अत्यधिक गर्मीका कारण व्यापार प्रभावित भएको बताए ।
समान्य दिनहरुमा भन्दा ५० प्रतिशत व्यापारम गिरावट आएको उनले बताए ।

त्यसैगरि, गर्मिको कारण सरकारी तथा गैर सरकारी सेवामुलक कार्यालयहरुमा पनि सेवाग्राहीहरुको संख्यामा कमी आएको छ ।
जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालयहरुमा समासन्य दिनमा विहान १० न बज्दै सेवाग्राहीको उपस्थिती राम्रो देखिन्छ । तर अहिले दिनमा पनि सेवाग्राहीको संख्यामा एकदम न्युन देखिएको छ । गर्मिमा प्रार्याप्त संख्यामा सार्वजनिक यतायातका सेवा नचल्दा पनि यस्तो अवस्था आएको बताइन्छ ।
अत्यधिक गर्मिको कारण विरामी हुनेको संख्या बृद्धि भएको छ । गर्मीका कारण बढी पसिना बगेर शरीरमा पानीको मात्रा कम भई टाउको दुख्ने, झाडा पखाला लाग्ने, रिंगटा लगायतका लाग्ने विरामीको संख्या अत्यधिक रहेको प्रादेशिक अस्पताल जनकपुरका चिकित्सक केडी दासले बताए ।
ज्वरो, झाडापखाला, टाइफाइड र जन्डिसका बिरामीका संख्या अत्यधिक बढेको छ उल्लेख गर्दै उनले भने,‘ अहिले दैनिक रुपमा रुपमा कम्तिमा ३० देखि ४० जना झाडापखालाकै बिरामीहरु अस्पतालमा आउन गरेका छन् ।’
बिरामी हुनेमा अधिकांश बालबालिका र बृद्धबसद्धाहरुको संख्या बढी रहेको उनको बताए । त्यसैगरि,गर्मिको कारण जनकपुरसहित यस क्षेका अधिकांश चापा कलहरुको पानी सुखेको छ । समान्य दिनमा मुखभरि पानी दिने कलहरुको पानी अहिले घटेर आधाभन्दा पनि कम दिने गरेको छ ।

अत्यधिक गर्मि बढँेसँगै मधेश प्रदेशका पालिकाहरुले धमाधम विद्यालय बन्द गर्न थालेका छन् ।
अत्यधिक गर्मी बढेपछि बालबालिकामा स्वास्थ्य समस्या देखिने तथा पठन पाठन प्रभावित हुने जस्ता समस्या देखिएपछि पालिकाहरुले विद्यालय बन्दको निर्णय गर्न थालेको छ । मंगलवार मात्रै महोत्तरी जलेश्वरका एक विद्यालयका तीन बालिका विद्यालयमै बेहोस भएपछि उपचारको लागि जलेश्वर प्रादेशिक अस्पतालमा ल्याएको थियो ।
अत्यधिक गर्मीको कारण धनुषाको जनकपुरधाम उपमहनगरपालिका,सबैला नगरपालिका,पर्साको पोखरिया गाँउपालिकाहरु केहि दिनको लागि विद्यालयको पठनपाठन बन्द गरेका छन् ।

सम्बन्धित खबर