LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । यातायात व्यवस्था कार्यालय जनकपुरधामबाट प्रहरीले तीन जना विचौलियालाई निणन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–२ निवासी २२ वर्षीय अंकित कुमार साह, सर्लाहीको गोडैता नगरपालिका–६ का ३० वर्षीय चिन्टु कुमार सिंह तथा धनुषाधाम नगरपालिका–३ निवासी २१ वर्षीय राजेश साह रहेका छन् र्। सेवाग्राहीलाई हैरानी दिएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार यातायात कार्यालयमा आउने सेवाग्राहीसँग अनावश्यक झन्झट सिर्जना गर्दै आर्थिक लाभ लिन खोजिएको भन्ने विशेष सूचनाका आधारमा शुक्रबार साँझ उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले कार्यालय परिसर आसपास सक्रिय भई सेवाग्राहीलाई प्रभावित पार्ने गतिविधि भइरहेको सूचनापछि निगरानी बढाइएको बताए । सोही क्रममा तीन जनालाई पक्राउ गरिएको उनले जानकारी दिए । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

सम्बन्धित खबर