LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवविरुद्ध घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक ढलान योजनाको भुक्तानी प्रक्रिया अघि बढाइदिने भन्दै सेवाग्राहीसँग ७२ हजार रुपैयाँ घुस लिएको आरोपमा यादवविरुद्ध शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।

आयोगका अनुसार योजनाको भुक्तानीसम्बन्धी काम सम्पन्न गराइदिने नाममा सेवाग्राहीसँग रकम मागिएको सूचनाका आधारमा खटिएको अख्तियारको बर्दिवासस्थित टोलीले यादवलाई ७२ हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

घटनापछि आयोगले विस्तृत अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानबाट घुस लेनदेन भएको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो ७२ हजार रुपैयाँ कायम गरी सोही बराबर जरिवाना तथा कैद सजायको मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

स्थानीय तहमा विकास निर्माण योजनाको कार्यान्वयन तथा भुक्तानी प्रक्रियामा हुने अनियमिततामाथि निगरानी बढाइरहेको अख्तियारले पछिल्लो समय घुस तथा भ्रष्टाचारसम्बन्धी उजुरीका आधारमा कारबाहीलाई तीव्रता दिएको छ ।

सम्बन्धित खबर