LIVE
श्रीमानको फोनको प्रतिक्षामा पुजा साह | भोटोकोशिमा आएको बाढी कारण मधेश प्रदेशमा १६२ जना अझै वेपत्ता | नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ |

जनकपुरधाम । रसुवाको भोटेकोशीमा आएको विध्वंशकारी बाढीमा परेर मधेश प्रदेशका विभिन्न जिल्लाका १९२ जना बेपत्ता भएकोमा ३० जना परिवारको सम्पर्कमा आएका छन् । अझै १६२ जनाको अवस्था अज्ञात रहेको मधेश प्रदेश प्रहरीले जनाएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालका अनुसार बाढीपछि आफन्तले दिएको खोजतलास निवेदनका आधारमा संकलित विवरणअनुसार सप्तरीका ४९ जना बेपत्ता भएका थिए । तीमध्ये एक जना परिवारको सम्पर्कमा आए पनि ४८ जनाको अवस्था अझै अज्ञात छ ।

सिरहाबाट बेपत्ता भएका १० जनामध्ये दुई जना सम्पर्कमा आएका छन् भने ८ जना अझै सम्पर्कविहीन छन् । धनुषाका १३ जनामध्ये ७ जना परिवारको सम्पर्कमा आएका छन् भने ६ जनाको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, महोत्तरीका १७ जनामध्ये ७ जना सम्पर्कमा आएका छन् भने १० जना अझै बेपत्ता छन् । सर्लाहीबाट बेपत्ता भएका १९ जनामध्ये तीन जना सम्पर्कमा आए पनि १६ जनाको अवस्था अज्ञात छ ।

रौतहटबाट हराएका १९ जनामध्ये तीन जना सम्पर्कमा आएका छन् भने १६ जना अझै बेपत्ता छन् । बाराका २५ जनामध्ये दुई जना सम्पर्कमा आए पनि २३ जनाको अवस्था अज्ञात छ ।

पर्साबाट सम्पर्कविहीन भएका ४० जनामध्ये दुई जना परिवारको सम्पर्कमा आएका छन् भने ३८ जनाको अवस्था अझै थाहा हुन सकेको छैन ।

यसैगरी, नेपाल प्रहरीमा कार्यरत मधेसका ९ जनामध्ये ६ जना सम्पर्कमा आएका छन् भने ३ जना अझै सम्पर्कविहीन छन् । नेपाली सेनामा कार्यरत तीन जनामध्ये १ जना सम्पर्कमा आए पनि दुई जनाको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।

सम्पर्कविहीनमध्ये अधिकांश जलविद्युत् आयोजनामा कार्यरत रहेको र बाढीका कारण उनीहरू आयोजनाका सुरुङ तथा अन्य संरचनाभित्र फसेको हुनसक्ने आशंका परिवारजनले गरेका छन् ।

रसुवा, धादिङ र नुवाकोटलगायतका क्षेत्रमा रोजगारी, व्यापार तथा व्यवसायका लागि पुगेका मधेसका नागरिक बाढीपछि सम्पर्कमा नआएपछि परिवारजन चिन्तित बनेका छन् ।

१० भदौमा रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि आफन्तले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् ।

प्रहरीले पनि आफ्ना आफन्त हराएको वा सम्पर्कविहीन भएको भए नजिकको प्रहरी युनिट, इलाका प्रहरी कार्यालय वा प्रहरी चौकीमा आवश्यक विवरणसहित निवेदन दिन आग्रह गरेको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयले सम्पर्कविहीन व्यक्तिहरूको खोजीका लागि रसुवा, धादिङ, नुवाकोटलगायत बाढी प्रभावित जिल्लाका प्रहरी कार्यालयसँग समन्वय गरी काम भइरहेको जनाएको छ ।

सम्बन्धित खबर