LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

जनकपुरधाम । मधेश प्रदेशसभाकी प्रदेश सांसद जैनब खातुनको निधन भएको छ ।
नेकपा एमालेबाट रौतहट क्षेत्र नम्बर ३ को समानुपातिकतर्फ प्रदेशसभा सदस्य रहेकी खातुनको बुधबार राति वीरगञ्जस्थित नेशनल मेडिकल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । रौतहटको फतुवा विजयपुर नगरपालिका–५, सन्तपुर दोस्तियाकी खातुनलाई बुधबार अचानक चिनीको मात्रा बढेपछि उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल अस्पताल लगिएको थियो ।

अस्पतालमा उपचार भइरहेका क्रममा उनको निधन भएको छोरा रौजन मियाँले जानकारी दिएका छन् । खातुन मधेश प्रदेशसभामा रौतहट क्षेत्र नम्बर ३ बाट नेकपा एमालेको समानुपातिक सांसदका रूपमा प्रतिनिधित्व गर्दै आएकी थिइन् ।
उनको निधनसँगै मधेश प्रदेशसभाले एक महिला सांसद गुमाएको छ ।

सम्बन्धित खबर