LIVE
कमला नदीमा निर्माणाधीन पुल नजिकको डाइभर्सन फेरि बग्यो, आवतजावत अवरुद्ध | युवालाई दुव्र्यसनबाट जोगाउन मधेश प्रहरीद्वारा विशेष अभियान | सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र |

जनकपुरधाम । केहि दिन अघि पोखरामा सम्पन्न केपी ओली कप टी २० क्रिकेट प्रतियोगिताको च्याम्पियन भएकमो मधेश प्रदेश क्रिकेट टिमलाई मधेश प्रदेश सरकारले खेलाडीहरुलाई प्रोत्साहन स्वरुप पाँच लाख दिने घोषणा गरेको छ ।
मुख्यमंत्री सरोजकुमार यादवले बुधवार खेलाडीहरुलाई बधाई दिदै उक्त रकम दिने घोषणा गरे । खेलकुद विकासको लागि आफू प्रतिवद्ध भएको बताउदै मुख्यमन्त्री यादवले प्रदेशका खेलाडीहरुलाई सुविधा दिएर हरेक जिल्लामा खेलकुदको सुदृढ पूर्वाधार खडा गरिने बताए ।
उक्त अवसरमा मुख्यमंत्री यादव, प्रदेश सभा सदस्य रामाशीष यादव एवं प्रदेशका प्रमुख सचिव दिनेश कुमार घिमिरेले खेलाडीहरु, प्रशिक्षक एवं पदाधिकारीहरुलाई खादा ओढाई सम्मान समेत गरिएको थियो ।
पोखरामा मंसिर १५ गते भएको रोमांचक फाइनलमा मधेश प्रदेशले दस जना राष्ट्रिय खेलाडी सामेल त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गरेको थियो ।
धनुषा जिल्ला क्रिकेट संघका उपाध्यक्ष आकाश पाण्डेले सम्मानबाट खेलाडीहरु उत्साहित भएको बताए । नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय उपाध्यक्ष रोशन सिंहले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राख्न मुख्यमंत्रीसंग आग्रह गरे ।

सम्बन्धित खबर