LIVE
लहान नगरप्रमुख चाैधरीमाथि सरकारी जग्गा कब्जाको आरोप | प्रभातफेरी र अन्तरक्रियासहित प्रेस स्वतन्त्रता दिवस मनाइयो | मत्तरीको सिमावर्ति क्षेत्रमा ६ हजार किलो स्याउसहित तीन सवारी नियन्त्रणमा | कमला नदीमा निर्माणाधीन पुल नजिकको डाइभर्सन फेरि बग्यो, आवतजावत अवरुद्ध | युवालाई दुव्र्यसनबाट जोगाउन मधेश प्रहरीद्वारा विशेष अभियान | सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र |

जनकपुरधाम । धनुषाकी आरती साह मृत्यु प्रकरणमा अभियुक्त बनाईएका उनका पति मोतीबाबु साहलाई प्रहरीले पक्राउ गरेको छ ।
साहलाई प्रहरी सोमवार विहान जनकपुरधामको सगुन होटलबाट पक्राउ गरेको हो ।

गत मंसिर २० गते सर्वोच्च अदालतले आरतीका पति साहलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो । भने सोही मुद्दामा सर्वोच्चले उनका सासुरा मदन मोहन सुडीलाई १ लाख थरौटीको छोड्न आदेश दिएको थियो । सोही आदेश अनुसार प्रहरीले साहलाई पक्राउ धनुषाका प्रहरी उपरीक्षक मित्र बन्धु शर्माले जानकारी दिए । पक्राउ गरिएका साहलाई आवश्यक प्रक्रिया पुरा गरि कारागार पठाउने उनले बताए ।
गत जेठ ७ गते जनकपुरधाम उपमहानगरपालिका– ९ थापाचोक स्थित आफ्नै घरमा झुण्डेको अवस्थामा आरती मृत भेटिएकी थिइन् । परिवारजनले आरतीलाई उपचारको लागि स्थानीय एक अस्पतालमा लगेपछि घटना वारे प्रहरीले जानकारी पाएका थिए । यता, आरतीको माइती पक्षले दाइजोको कारण आरतीका श्रीमान र ससुराले हत्या गरेको भनेर जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका थिए ।

सो घटनामा जिल्ला अदालतले आरतीका पति र सासुरालाई पुर्व पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । तर गत १८ असोजमा सो मुद्दामा उच्च अदालतले आरोपित दुई जनालाई साधारण रिहा गर्न फैसला गरेका थिए । त्यसपछि पीडित परिवारजनले आर्थिक प्रभावमा प्रहरीले मुद्दालाई कमजोर बनाएको आरोप लगाउदै घटनाको पुनः छानबिनको लागि काठमाण्डौस्थित माईतीघरमा लामो समय धर्ना दिदै आएका थिए । सञ्चारमाध्यमहरुले सो विषयमा चासो लिएपछि तत्कालिन धनुषाका प्रहरी उपरीक्षक विश्वराज खण्ड्का समेत हेडक्वाटरमा तानिएका थिए ।

सम्बन्धित खबर