LIVE
सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार |

जनकपुरधाम । अयोध्यामा निर्माण राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरधामबाट आज भार पठाइएको छ।

बिहीबार बिहान मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, पूर्वउपप्रधानमन्त्री तथा कांग्रेसका नेता विमलेन्द्र निधिसहितले भार टोलीलाई बिदाइ गरेका छन्।


हिजो साँझदेखि जनकपुरधाम नगरवासीले आफ्ना–आफ्ना घरबाट ल्याएका भार कोसेली जानकी मन्दिरपरिसरमा संकलन गरिएको थियो। करिब १५ सयभन्दा बढी भार अयोध्या पठाइएको छ। भारसँगै यहाँ उद्योगी–व्यापारीले तथा नागरिकले सुनचाँदीका गरगहनासमेत पठाएका छन्।अयोध्यामा निर्माण गरिएको राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जनकपुरधाम उपमहानगरका मेयर मनोजकुमार साह, महन्त रामतपेश्वर दासको संरक्षक रहेको भार टोलीको नेतृत्व जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले गरिरहेका छन्।

भार लिएर जनकपुरधामको परिक्रमा गर्दै जलेश्वर जाने र त्यहाँबाट हुलाकी सडक हुँदै, सम्सी कन्मा, मलंगवा, सिमरौन, कलैया, गढीमाई हुँदै वीरगन्जमा रात्रि वास बस्ने जानकारी दिए।

त्यसको भोलिपल्ट रक्सौल बोर्डर हुँदै बेतिया, गोरखपुर र अन्तिममा अयोध्या पुग्ने बताए। त्यसपछि अर्को दिन ६ तारिक बिहान ९ बजे भारलाई राम जन्मभूमि ट्रस्टलाई हस्तान्तरण गर्ने र राम मन्दिर दर्शन गर्ने दासले बताए। उनका अनुसार दर्शन गरेकै दिन जनकपुरधामका लागि अयोध्याबाट फर्किने कार्यक्रम छ।

सम्बन्धित खबर