LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

जनकपुरधाम । संघिय सरकारले माघ महिनाभित्रै प्रहरी समायोजन प्रक्रिया अगाडी बढाउने तयारी गरेको छ । सात वैट प्रदेशका गृह( अन्तरिक मामिला तथा कानुन मन्त्रीसँगको शनिवार र आईतवार भएको दुई दिने बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने,‘ यथाशिघ्र प्रहरी समायोजन गर्ने हाम्रो तयारी छ, सम्भव त यो महिना भित्रै त्यो प्रक्रिया सुरु गर्ने हाम्रो तयारी छ ।’

प्रहरी समायोजन, संघिय प्रहरी विद्येयक तथा मुलुकको वर्तमान शान्ति सुरक्षा लगायतका विषयमा छलफलमा गृह मन्त्री श्रेष्ठले यस्तो प्रतिवद्धता जनाएको मधेश प्रदेशका गृह संचार तथा कानुन मन्त्री मोहम्मद समिमले जानकारी दिए ।
.संघीय प्रहरी ऐनको मस्यौदा तयार गर्ने तथा प्रहरी समायोजन ऐन र नेपाल प्रहरी तथा प्रदेश प्रहरीको कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय गर्ने सम्बन्धी ऐनको समसामयिक परिमार्जन गर्नुपर्ने आवश्यकता रहेकोले सोको प्रक्रिया अगाडी बढाउने विषयमा बैठकबाट निर्णय भएको मन्त्री समिमले जानकारी दिए ।

प्रहरी समायोजनको लागि पहिलो चरणमा गृह मन्त्रालयले प्रदेशमा समायोजन हुने चाहने प्रहरीहरुलाई सुचना प्रकासित गरि आह्वान गर्ने र त्यसपछि प्रक्रियाहरु अगाडी बढाईने मन्त्री समिमले बताए ।
मधेश प्रदेशमा ९ हजार प्रहरी समायोजन हुने
मधेश प्रदेश प्रदेशमा ९ हजार १ सय ५२ जना प्रहरी समायोजन हुने मन्त्री समिमले बताए । प्रदेशमा कति प्रहरी समायोजन हुने विषयमा प्रहरी समायोजन ऐनमा नै त्यसको टुंगो लागि सकेको र सो अनुसार मधेश प्रदेशका सो संख्यामा प्रहरी समायोजन हुने उनले बताएए ।

चार अघि आएको प्रहरी समायोजन ऐन अनुसारमा प्रदेशमा ५४ हजार ७ सय २० प्रहरी प्रदेशमा समायोजन हुने उल्लेख छ । संघीय सरकारको गृह मन्त्रालय मातहत २४ हजार ८ सय २१ प्रहरी रहने छ । उक्त ऐन अनुसार कोशी प्रदेशमा १० हजार ७ सय १७, मधेशमा ९ हजार १ सय ५२, बागमतीमा ७ हजार ३ सय चार, गण्डकीमा ६ हजार ७ सय ४५, लुम्बिनीमा ९ हजार ४ सय ४३, कर्णालीमा ५ हजार ४ सय ५८ र सुदूरपश्चिममा ५ हजार ९ सय १ प्रहरीको दरबन्दी कायम गरिएको छ ।

त्यसैगरि, प्रदेशको प्रहरी प्रमुखमा डिआईजी रहने छ । प्रदेशमा डिएसपीदेखि समायोजन हुने छ । त्यसैगरि, प्रदेश प्रहरी कार्यालयमा दुई जना वरिष्ठ प्रहरी उपरीक्षक र एक जना प्रदेश प्रहरी तालिम केन्द्रमा वरिष्ठ प्रहरी उपरीक्षकको व्यवस्था गरिएको छ ।

सम्बन्धित खबर